नेभिगेशन
समाज

राष्ट्रियसभा अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच भेट

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा सोमबार दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीको बारेमा जानकारी दिनुभएको अध्यक्षको निजी सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

साथै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताए । साथै अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रियसभाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिविका परीक्षा केन्द्रमा सीसीटीभी अनिवार्य

त्रिविका परीक्षा केन्द्रमा सीसीटीभी अनिवार्य

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा सञ्चालन हुने सबै परीक्षा केन्द्रमा सीसीटीभी क्यामरा अनिवार्य गरेको छ।
सुन झुलेका फाँट (तस्बिरकथा)

सुन झुलेका फाँट (तस्बिरकथा)

मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँटहरू यतिबेला सुनौलो र खैरो रङमा सजिन थालेका छन्। पाक्दै गरेको मार्सी धानले फाँटहरू आकर्षक देखिएका छन्।
सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी...
सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।