नेभिगेशन
मुख्य समाचार

राष्ट्रियसभा अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच भेट

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा सोमबार दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीको बारेमा जानकारी दिनुभएको अध्यक्षको निजी सचिवालयले जनाएको छ ।

CG

साथै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताए । साथै अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रियसभाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ

निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ

सोमबार बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण तयार गर्ने बताए । उनले भने,...
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति यादवले सन् १९७४ मा दौँत्य सम्बन्ध स्थापना भएपश्चात् नेपाल र फिनल्यान्डबीच कायम रहिआएको मैत्रीपूर्ण सम्बन्धप्रति खुसी व्यक्त गर्दै फिनल्यान्डको सहयोग विशेषतः वन क्षेत्र, जलवायु सहनशीलता, शिक्षा, सुरक्षित...
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
दश देशका कलाकारका चित्रकला प्रदर्शन

दश देशका कलाकारका चित्रकला प्रदर्शन

कलामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिन उक्त प्रदर्शनी गरिएको कलाकार सुष्माराज भण्डारीले बताए । उक्त प्रदर्शनीमा १० देशका कलाकारका ६० वटा कलाहरु प्रदर्शनीमा राखिएका छन् । ‘हेरिटेज’...