नेभिगेशन
समाज

उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री जुहानी पुहाक्काले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा शुभकामना आदानप्रदानसँगै नेपाल–फिनल्यान्ड द्विपक्षीय सम्बन्ध, नेपालको सामाजिक–आर्थिक विकासमा फिनल्यान्डको सहयोग तथा बहुपक्षीय मञ्चमा सहकार्यबारे महत्वपूर्ण छलफल भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपराष्ट्रपति यादवले सन् १९७४ मा दौँत्य सम्बन्ध स्थापना भएपश्चात् नेपाल र फिनल्यान्डबीच कायम रहिआएको मैत्रीपूर्ण सम्बन्धप्रति खुसी व्यक्त गर्दै फिनल्यान्डको सहयोग विशेषतः वन क्षेत्र, जलवायु सहनशीलता, शिक्षा, सुरक्षित खानेपानी, विपद् व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशितामा केन्द्रित रहनु प्रशंसनीय भएको बताए ।

Ncell
Extreme Energy

“फिनल्यान्डले बहुपक्षीय मञ्चमा जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय मुद्दामा निर्वाह गरेको भूमिकाको नेपालले प्रशंसा गर्दछ,” उनले भने, “आपसी हितका विषयमा दुईपक्षीय तथा बहुपक्षीय मञ्चमा नेपाल र फिनल्यान्डको सहकार्य निरन्तर जारी रहने विश्वास लिएको छु ।” उपराष्ट्रपति यादवले नेपाल आगामी वर्ष अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको जानकारी दिए ।

यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन फिनल्यान्डसहित विकास साझेदारबाट प्रविधि, लगानी तथा आर्थिक साझेदारी अपरिहार्य हुनेमा उनले  जोड दिए । राजदूत पुहक्काले फिनल्यान्ड युरोपेली सङ्घसँगको सहकार्यमा नेपालमा सञ्चालन भइरहेका तीन प्रमुख द्विपक्षीय विकास परियोजनाबारे जानकारी दिए ।

उनले भने, “ती परियोजनामा कर्णालीमा सुरक्षित तथा दिगो पानी र सरसफाइमा पहुँच सुधार गर्ने, कर्णाली तथा सुदूरपश्चिममा प्राकृतिक स्रोत व्यवस्थापन तथा जीविकोपार्जनमार्फत जलवायु प्रतिरोधात्मक क्षमता निर्माण गर्ने एवं कर्णाली, सुदूरपश्चिम तथा मधेसमा विद्यालय सुदृढीकरण गर्दै शिक्षकलाई आवश्यक उपकरण उपलब्ध गराउने रहेका छन् ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन्. उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक...
धनगढीमा अनसनरत डा. गाेविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गाेविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
झ्याप्पझ्याप्प बत्ती जाने समस्या समाधानको लागि मन्त्रीले निर्देशन दिएपछि वितरण प्रणालीको अनुगमनमा प्राधिकरण

झ्याप्पझ्याप्प बत्ती जाने समस्या समाधानको लागि मन्त्रीले निर्देशन दिएपछि वितरण प्रणालीको अनुगमनमा प्राधिकरण

विराटनगरसहित पूर्वी क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने र झ्याप्पझ्याप्प बत्ती जाने समस्याका बारेमा जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न...
ज्येष्ठ नागरिक, रोगबाट पीडित , एकल महिलासहित थप ४८ जना सहकारी पीडितको बचत फिर्ता

ज्येष्ठ नागरिक, रोगबाट पीडित , एकल महिलासहित थप ४८ जना सहकारी पीडितको बचत फिर्ता

समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी...

भर्खरै