नेभिगेशन
समाज

निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यस्मा कुनै शङ्का गर्नु नपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण तयार गर्ने बताए । उनले भने, “हामीसँग बजेटको समस्या छैन, चुनाव गराउन कुनै आर्थिक सङ्कट छैन । यो सरकारको मुख्य भूमिका नै फागुन २१ को चुनाव सम्पन्न गरेर देशलाई स्थायित्व दिनु हो,”।

Ncell
Extreme Energy

राष्ट्र निर्माणको वास्तविक आधार मानिसको सोच, चरित्र र क्षमता भएको उनको धारणा थियो । उनले राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै भने, “सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन, ७५ वर्षको अनुभवले देखायो राजनीतिक परिवर्तनले मात्र देश बन्दैन रहेछ ।” उनले अगामी निर्वाचन ठूलो अवसर भएकाले जनताले सही नेतृत्व छान्न आग्रहसमेत गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै