नेभिगेशन
मुख्य समाचार

एसिसी यु–१९ प्रिमियर कपमा नेपाल पराजित, युएईलाई उपाधि

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो ।

फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य  पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५ र ५ रनको योगदान गरे पनि जिताउन सकेनन् । युएईका युग जै शर्मा र अली असगर शम्सले तीन/तीन विकेट हात पारे ।

CG

यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५ दशमलव पाँच ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले छ, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एकरएक विकेट लिए ।

यसैबीच नेपाल र युएई एसिया कप खेल्नका लागि भने यसअघि नै छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...
बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका सिसीटिभी क्यामेरा फुटाएका छन् भने फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन चोरेर लगेका छन् ।
तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत  (तस्बिरहरु)

तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत (तस्बिरहरु)

आयोजना अन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको...