नेभिगेशन
मुख्य समाचार

देशलाई चुनौतीबाट निकाल्न निर्वाचन नै वैधानिक उपाय होः संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधान रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजना गरिएको एकतासन्देशसभामा उनीहरुले अहिले मुलुकमा संकटमा रहेकाले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधान रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका हुन् । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक गम्भीर राजनीतिक मोडमा रहेको उल्लेख गर्दै वामपन्थी मात्र नभइ लोकतान्त्रिक शक्तिहरु पनि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

CG

उनले जेनजी आन्दोलनको दोस्रो दिनका घटनाले मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने अवस्था देखाएको उल्लेख गरे । देशलाई चुनौतीबाट निकाल्न निर्वाचन नै वैधानिक उपाय भएको भन्दै उनले राजनीतिक समाधानको बाटो जनमतबाटै सम्भव हुने स्पष्ट पारे । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले संविधानको रक्षा सबै दलको साझा कर्तव्य रहेको बताउँदै राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि निर्वाचनको विकल्प खोज्नु नहुने बताए ।

उनले मुलुकमा देखिएको बेतिथी अन्त्य गर्न एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरेका थिए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले आर्थिक परिवर्तनका लागि कृषि क्रान्ति र औद्योगिकीकरणलाई अनिवार्य ठहर गर्दै क्रान्तिकारी भूमिसुधार नवगठित पार्टी प्रमुख एजेण्डा रहेको बताए ।

कार्यक्रममा पार्टीका अन्य नेताहरुले राजनीतिक अवस्था, राष्ट्रिय हित र आगामी रणनीतिका विषयमा धारणा राख्दै एकताबद्ध रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने जनाएको हो । प्रतियोगितामा...
पुस २५ देखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने एन्फाको निर्णय

पुस २५ देखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने एन्फाको निर्णय

बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव किरण राइले जानकारी दिए । राष्ट्रिय लिग खेल्ने टीमको टुङ्गो लागेपछि खेलको...
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
नोभेम्बरमा एक लाख १६ हजार पर्यटक नेपाल भित्रिए

नोभेम्बरमा एक लाख १६ हजार पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा नोभेम्बरमा मात्रै सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् ।...