नेभिगेशन
समाज

देशलाई चुनौतीबाट निकाल्न निर्वाचन नै वैधानिक उपाय होः संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधान रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार विराटनगरमा आयोजना गरिएको एकतासन्देशसभामा उनीहरुले अहिले मुलुकमा संकटमा रहेकाले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधान रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका हुन् । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक गम्भीर राजनीतिक मोडमा रहेको उल्लेख गर्दै वामपन्थी मात्र नभइ लोकतान्त्रिक शक्तिहरु पनि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

Ncell
Extreme Energy

उनले जेनजी आन्दोलनको दोस्रो दिनका घटनाले मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने अवस्था देखाएको उल्लेख गरे । देशलाई चुनौतीबाट निकाल्न निर्वाचन नै वैधानिक उपाय भएको भन्दै उनले राजनीतिक समाधानको बाटो जनमतबाटै सम्भव हुने स्पष्ट पारे । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले संविधानको रक्षा सबै दलको साझा कर्तव्य रहेको बताउँदै राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि निर्वाचनको विकल्प खोज्नु नहुने बताए ।

उनले मुलुकमा देखिएको बेतिथी अन्त्य गर्न एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरेका थिए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले आर्थिक परिवर्तनका लागि कृषि क्रान्ति र औद्योगिकीकरणलाई अनिवार्य ठहर गर्दै क्रान्तिकारी भूमिसुधार नवगठित पार्टी प्रमुख एजेण्डा रहेको बताए ।

कार्यक्रममा पार्टीका अन्य नेताहरुले राजनीतिक अवस्था, राष्ट्रिय हित र आगामी रणनीतिका विषयमा धारणा राख्दै एकताबद्ध रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिविका परीक्षा केन्द्रमा सीसीटीभी अनिवार्य

त्रिविका परीक्षा केन्द्रमा सीसीटीभी अनिवार्य

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा सञ्चालन हुने सबै परीक्षा केन्द्रमा सीसीटीभी क्यामरा अनिवार्य गरेको छ।
सुन झुलेका फाँट (तस्बिरकथा)

सुन झुलेका फाँट (तस्बिरकथा)

मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँटहरू यतिबेला सुनौलो र खैरो रङमा सजिन थालेका छन्। पाक्दै गरेको मार्सी धानले फाँटहरू आकर्षक देखिएका छन्।
सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी...
सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।