नेभिगेशन
समाज

नोभेम्बरमा एक लाख १६ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा नोभेम्बरमा मात्रै सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट सात हजार ८७१, बेलायतबाट सात हजार १८९, बङ्गलादेशबाट पाँच हजार ६५३, अष्ट्रेलियाबाट पाँच हजार ३९३, श्रीलङ्काबाट चार हजार ८३१, म्यानमारबाट चार हजार ४८४, फ्रान्सबाट चार हजार २११ र जर्मनीबाट चार हजार १३४ पर्यटक भित्रिएका हुन् ।

Ncell
Extreme Energy

क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट पाँच हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्य पूर्वी मुलुकबाट एक हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट छ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिविका परीक्षा केन्द्रमा सीसीटीभी अनिवार्य

त्रिविका परीक्षा केन्द्रमा सीसीटीभी अनिवार्य

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा सञ्चालन हुने सबै परीक्षा केन्द्रमा सीसीटीभी क्यामरा अनिवार्य गरेको छ।
सुन झुलेका फाँट (तस्बिरकथा)

सुन झुलेका फाँट (तस्बिरकथा)

मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँटहरू यतिबेला सुनौलो र खैरो रङमा सजिन थालेका छन्। पाक्दै गरेको मार्सी धानले फाँटहरू आकर्षक देखिएका छन्।
सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी...
सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।