नेभिगेशन
मुख्य समाचार

पुस २५ देखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने एन्फाको निर्णय

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको एन्फाको आपतकालीन बैठकका निर्णय सार्वजनिक गर्दै पत्रकार सम्मेलन गर्दै एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने र त्यसका लागि ए डिभिजन क्लवहरुलाई टिम दर्ता गर्न खुला गर्ने निर्णय भएको जनाएको हो ।

बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव किरण राइले जानकारी दिए । राष्ट्रिय लिग खेल्ने टीमको टुङ्गो लागेपछि खेलको फम्र्याटका बारेमा आवश्यक निर्णय हुने उनले बताए । महासचिव राइले यस बर्ष राष्ट्रिय लिग हुने र अर्को बर्ष ए डिभिजन लिग हुने जिकिर गरे ।

CG

त्यस्तै एन्फाले फिफा फरवार्ड कार्यक्रम अन्तर्गत धनगढी र धुलिखेलमा नयाँ घाँसे मैदान निर्माण गर्ने निर्णय पनि गरेको छ भने एन्फा कम्प्लेक्समा रहेको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न इडेन ग्रासलाई छनोट गर्ने गरी विश्व फुटबल महासंघ (फिफा)समक्ष प्रस्ताव पठाउने निर्णय पनि बैठकले गरेको छ । यसैगरी, दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव गर्ने निर्णय पनि एन्फा बैठकले गरेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस

एनपिएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस

कतार एयरवेजमार्फत अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन । पाँच खेलमा चार जित निकालेर तेस्रो स्थानमा रहेको विराटनगर ‘प्लेअफ’...
शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने जनाएको हो । प्रतियोगितामा...
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
नोभेम्बरमा एक लाख १६ हजार पर्यटक नेपाल भित्रिए

नोभेम्बरमा एक लाख १६ हजार पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा नोभेम्बरमा मात्रै सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् ।...