नेभिगेशन
समाज

पुस २५ देखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने एन्फाको निर्णय

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको एन्फाको आपतकालीन बैठकका निर्णय सार्वजनिक गर्दै पत्रकार सम्मेलन गर्दै एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने र त्यसका लागि ए डिभिजन क्लवहरुलाई टिम दर्ता गर्न खुला गर्ने निर्णय भएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव किरण राइले जानकारी दिए । राष्ट्रिय लिग खेल्ने टीमको टुङ्गो लागेपछि खेलको फम्र्याटका बारेमा आवश्यक निर्णय हुने उनले बताए । महासचिव राइले यस बर्ष राष्ट्रिय लिग हुने र अर्को बर्ष ए डिभिजन लिग हुने जिकिर गरे ।

Ncell
Extreme Energy

त्यस्तै एन्फाले फिफा फरवार्ड कार्यक्रम अन्तर्गत धनगढी र धुलिखेलमा नयाँ घाँसे मैदान निर्माण गर्ने निर्णय पनि गरेको छ भने एन्फा कम्प्लेक्समा रहेको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न इडेन ग्रासलाई छनोट गर्ने गरी विश्व फुटबल महासंघ (फिफा)समक्ष प्रस्ताव पठाउने निर्णय पनि बैठकले गरेको छ । यसैगरी, दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव गर्ने निर्णय पनि एन्फा बैठकले गरेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिका प्रस्थान गरेका छन्।
गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको छ।
कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्य उपचारका लागि ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरिने भएको छ।