नेभिगेशन
समाज

शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

काठमाडौँ । यहि मंसिर १९ गतेदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने जनाएको हो । प्रतियोगितामा साफसंग आवद्ध पाँच देशका महिला लिग बिजेता क्लवहरुको सहभागीता रहने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

Marvel
Extreme Energy

सिंगल राउण्ड रोविनका आधारमा खेली प्रथम र द्वितिय स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल खेल हुने उनले बताए । त्यस्तै प्रतियोगिताको विजेता टोलीले १० हजार र उपविजेता टोलीले पाँच हजार तथा सहभागी अन्य तीन टिमलाई दुई हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सहभागी हुन विदेशी क्लब डिसेम्बर ३ तारिखमा नेपाल आउने पनि एन्फाले जनाएको छ । प्रतियोगीताको अनुमानीत बजेट रु ३ करोड ७७ लाख ७७ हजार रहेको एन्फाले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

प्रतिनिधि सभा अर्थ समितिको बैठक बस्दैछ ।
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता

वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ।
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आज अधिकांश स्थानको मौसम मुख्यतया सफा रहने भएको छ। केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली हुने जल तथा मौसम...
सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र, बगान हेर्न दैनिक सयौँ पर्यटक

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र, बगान हेर्न दैनिक सयौँ पर्यटक

कुनै समय सामान्य कृषि गाउँका रूपमा चिनिने इलामको सलकपुर अहिले सुन्तला खेती र ग्रामीण पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ।