नेभिगेशन
समाज

नागीका ८० वर्षमाथिका ज्येष्ठ नागरिक सम्मानित

भोजपुर । समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार यहाँ आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । त्यस अवसरमा उहाँहरूलाई वडा कार्यालयले सम्मानपत्र र न्याना कपडा पनि प्रदान गरेको थियोे । कार्यक्रममा कोशी प्रदेशका सांसद विनोद वान्तवाले ज्येष्ठ नागरिकको स्याहारसुसार, स्वास्थ्योपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताए ।

Ncell
Extreme Energy

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव भएकाले भावी पुस्तालाई संस्कार सिकाउन पनि कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । वडाध्यक्ष हर्कराज राईले ज्येष्ठ नागरिकको सम्मान गर्नु वडाका साथै वडावासीको कर्तव्य रहेको बताए । सम्मानितहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै लुङ्गिनका बोमप्रसाद राईले आफूहरूको श्रमको सम्मान गरेकामा वडाप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...