नेभिगेशन
समाज

एनपिएलः चितवनद्वारा जनकपुर सामु १७७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले जनकपुर बोल्टसलाई १७७ रनको लक्ष्य प्रस्तु गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार भएको पहिलो खेलमा निर्धारित ओभर खेल्दै चितवनले ४ विकेटको क्षतिमा १७६ रन जोडेको हो । चितवनका लागि डाविड मालानले ५४ बल खेल्दै सर्वाधिक ८० रन जोडेका हुन । त्यस्तै अर्जुन साउँदले ३९ बल खेल्दै अर्धसतकीय पारी खेल्दै ५२ रन जोडे भने चितवनका कप्तान कुशल मल्लले नटआउट १४ बलमा ३० रन जोडे ।

Ncell
Extreme Energy

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को दौडमा कायम रहन सक्ने सम्भावना कायमै राख्न चाहान्छ । भने पराजित भएमा जनकपुर बाहिरिनेछ । चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।

त्यस्तै, आजै अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको छ।
कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्य उपचारका लागि ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरिने भएको छ।
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

लेटाङ नगरपालिका–९ हात्तीचोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।