नेभिगेशन
मुख्य समाचार

एम्बुलेन्स दुर्घटनामा दुई जना गम्भीर घाइते

भोजपुर । भोजपुरको  हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् । प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किनेक्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

CG

घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन दिनदेखि गाडीसहित बेपत्ता एक जनाको शव भेटियो

तीन दिनदेखि गाडीसहित बेपत्ता एक जनाको शव भेटियो

इलाका प्रहरी कार्यालय कटारीकाअनुसार  सोमबार साँझ सडकबाट तीन सय मिटर तल सुमो क्षतिग्रस्त रुपमा भेटिएको थियो । क्षतिग्रस्त सुमोसँगै केसीको शव भेटिएको हो । प्रहरीले मध्यराति नै भिरबाट...
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल

निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल

धनगढीमा मंगलबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको...
एनपिएलः चितवनद्वारा जनकपुर सामु १७७ रनको लक्ष्य प्रस्तुत

एनपिएलः चितवनद्वारा जनकपुर सामु १७७ रनको लक्ष्य प्रस्तुत

मंगलबार भएको पहिलो खेलमा निर्धारित ओभर खेल्दै चितवनले ४ विकेटको क्षतिमा १७६ रन जोडेको हो । चितवनका डेविड मलानले ५४ बल खेल्दै सर्वाधिक ८० रन जोडेका हुन ।...
महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

मंगलबार चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताएका हुन । कोइरालाले भने, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने...