नेभिगेशन
सबै कुरा

रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु पुष्टि

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ ।

Ncell
Extreme Energy

सरकारले उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारलाई अनुरोध गरेको छ । साथै  नेपाली नागरिकलाई भर्ना नलिन पनि आग्रह गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
कार्यदल बैठकमा बादलमाथि केरकार, विष्णु पौडेलले भने- पहिले एमाले बन्नूस्

कार्यदल बैठकमा बादलमाथि केरकार, विष्णु पौडेलले भने- पहिले एमाले बन्नूस्

नेकपा एमाले पुुनर्गठन कार्यदल बैठकमा छुट्टै प्रतिवेदन बोकेर पुगेपछि सदस्यहरूले संयोजक रामबहादुुर थापा ‘बादल’माथि केरकार गरेका छन् ।