नेभिगेशन
समाज

एमाले कार्यदलले आजदेखि आवासीय रूपमा छलफल गर्ने

काठमाडौँ । नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले आज (शनिबार) देखि आवासीय रूपमा बसेर थप छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गर्नेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यदलको बैठक शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो।

Ncell
Extreme Energy

प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए। उनले एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै दस्तावेज प्रस्तुत गरेका थिए।

छलफलका क्रममा छुट्टाछुट्टै प्रतिवेदन बनाउनु उपयुक्त नहुने धारणा आएको थियो। दुवै दस्तावेजमा रहेका विषय समेटेर एउटै प्रतिवेदन तयार गर्ने सहमति भएको छ।

शुक्रबार प्रस्तुत भएका दुवै दस्तावेजको अध्ययन गरेपछि शनिबारदेखि आवासीय रूपमा थप छलफल गर्ने निर्णय भएको आचार्यले बताए।

कार्यदलले छलफलबाट एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेस गर्नेछ। सोही निर्णय गर्दै शुक्रबारको बैठक सकिएको हो।

एमाले सचिवालयको गत जेठ १० गते बसेको आठौँ बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव पेस गर्न कार्यदल गठन गरेको थियो। कार्यदललाई एक महिनाको समय दिइएको भए पनि चार महिना बित्न लाग्दा पनि विषयको किनारा लाग्न सकेको छैन।

कार्यदलले १३ वटा समूहसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव मागेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।