नेभिगेशन
समाज

धादिङको परेवाटार–मास्टार सडक किन बनाइयो एकतर्फी?

धादिङ । भोटेकोशी बाढीले  फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो ।

Ncell
Extreme Energy

प्रशासनका अनुसार बिहान ६ः०० बजेदेखि दिउँसो १२:०० बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ आउने सवारीसाधन सञ्चालन हुनेछन् । धादिङबेंसीतर्फ आउने सवारीसाधनले दिउँसो १२ः०० बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ ।

यसैगरी, दिउँसो १ः०० देखि साँझ ७ः०० बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन् । गल्छीतर्फ जाने सवारीले साँझ ७ः०० बजेभित्र परेवाटार पार गरिसक्नुपर्ने छ ।

तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङबेंसीबाट सुनौलाबजार, फोस्रेटार र केउरिनी हुँदै गल्छीतर्फ आवतजावत गर्न सकिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले कार्यदलले आजदेखि आवासीय रूपमा छलफल गर्ने

एमाले कार्यदलले आजदेखि आवासीय रूपमा छलफल गर्ने

नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले आज (शनिबार) देखि आवासीय रूपमा बसेर थप छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा...
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ ।
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

शभर साधारणतया बदली रहनेछ।