नेभिगेशन
समाज

फागुन २१ को निर्वाचनका लागि दलहरूले मागे मतदान केन्द्रमै नेपाली सेनाको सुरक्षा

फागुन २१ को निर्वाचन केन्द्रित दल, सुरक्षा, निकाय, निर्वाचन आयोग र सरकारबीचको सर्वपक्षीय छलफल सकिएको छ। बैठकमा तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न र त्यसका लागि सुरक्षा प्रबन्धमा आश्वस्त हुने वातावरण बनाउन दलहरूले सरकारसँग माग गरेको सहभागीहरूले बताएका छन् ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो बैठकमा एमाले बाहेकका दलहरूले तोकिएको मितिमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छलफलमा सहभागी रास्वपा नेतृ सोबिता गौतमले सिधाकुरालाई बताइन् । 

Ncell
Extreme Energy

एमालेले सुरक्षा व्यवस्थामा आश्वस्त हुन नसकेको, अझै पनि निषेधको राजनीति भइ रहेको जस्ता कारण देखाउँदै निर्वाचनको वातावरणमा आश्वस्त हुन नसकेको धारणा वैठकमा राखेको उनले बताइन ।

‘लगभग बैठकमा सहभागी सबै दलको धारणा निर्वाचन फागुन २१ मै होस् भन्ने नै रह्यो । यसका लागि ति दलहरूको सुरक्षा चासो थियो,’ नेतृ गौतमले भनिन्,‘ तर, एमाले निर्वाचनको वातावरणमा बनिनसकेको धारणा बैठकमा राख्यो ।’

नेतृ सोबिता गौतमका अनुसार बैठकमा सहभागी दलहरूले, निर्वाचन गर्न सरकारको बनाइ रहेको वातावरण, निर्वाचन आयोगले गरेको तयारी, भयरहित निर्वाचनको वातावरण लगायतका विषयमा चासो राखेका थिए ।

साथै, नेपाली सेनासहित चार वटै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन सुरक्षा तयारीबारे दलहरूलाई बैठकमा ब्रिफिङ समेत गरेको गौतमले बताइन । बैठकमा सुरक्षा निकायले राखेको धारणा अनुसार निर्वाचन सुरक्षाका लागि केही चासोहरू रहे पनि सबै सुरक्षा निकाय निर्वाचन गराउनका लागि तयारी अवस्थामा रहेको जानकारी ब्रिफिङ भएको गौतमले सिधाकुरालाई जानकारी दिइन । 

‘निर्वाचन सुरक्षाका केही चासोहरू छन् । तर, हामी त्यो सबै कुरा सम्बोधन गर्दै निर्वाचनको सुरक्षाका लागि तयार छौँ भन्ने सबै सुरक्षा निकायको प्रस्तुती थियो,’ गौतमले भनिन् । 

निर्वाचनमा दलहरूले मजबुत सुरक्षा खोजेको र त्यसका लागि सेनाको  विशेष भूमिका माग गरिएको नेतृ गौतमले बताइन् । ‘निर्वाचन सुरक्षामा सेना बुथमा हुन्छ की डाँडामा रु’ निर्वाचन सुरक्षाबारे एक नेताको प्रश्न उदृत गर्दै नेतृ गौतमले भनिन् ‘बुथमा समस्या भयो भने सेना आइपुग्दा सम्म धेरै कुरा भइसक्छ । यस्तो बेला कसरी सुरक्षाको अनुभूत गर्ने ?’

जवाफमा गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा तयारीबारे थप विस्तृत छलफल र तयारी भइरहेको जवाफ दिएका थिए । बैठकमा प्रवासमा रहेका नेपालीहरूले मतदानमा भाग लिन पाउने व्यवस्थाबारे पनि छलफल भएको तर निर्वाचन आयोगले अहिले त्यसका लागि कानुन नभएको जानकारी गराएको गौतमले जानकारी दिइन ।  

शुक्रबार अपरान्ह सुरु भएको बैठकमा निर्वाचनमा सहभागी हुने प्रमुख दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारको सहभागिता थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...