नेभिगेशन
समाज
एनपिएलः

आज दुई खेल हुँदैः सुदूरपश्चिम र विराटनगर,चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । 
 
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब  हुने छैन । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।

Ncell
Extreme Energy

विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् ।

दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै  टोलीको छ खेलबाट चार÷चार अङ्क मात्रै रहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीका सुरुका २ दिन सरकारले के के गर्यो ?

भोटेकोशी बाढीका सुरुका २ दिन सरकारले के के गर्यो ?

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भदौ १० बिहान पौने ९ बजेदेखि नै सरकारका सम्पूर्ण संयन्त्र सक्रिय भएको जानकारी दिए ।
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
सुरुङमा तत्काल उद्धार गर्ने प्रविधि हामीसँग छैनः प्रधानमन्त्री

सुरुङमा तत्काल उद्धार गर्ने प्रविधि हामीसँग छैनः प्रधानमन्त्री

‘टनेलमा आएको विपत्ति विशेष प्रकृतिको छ’ उनले भने ‘यो पहिरोले थुनिएको टनेल होइन, यो बाढीभित्र पसेर हिलो र लेदोले थुनिएका टनेल हुन् ।’ उनले थपे– ‘तत्कालै उद्धार गर्ने...
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न एमाले अध्यक्ष ओली गल्छीतर्फ

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न एमाले अध्यक्ष ओली गल्छीतर्फ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न गल्छीतर्फ प्रस्थान गरेका छन्।

भर्खरै