नेभिगेशन
मुख्य समाचार

फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक, कुन देश कुन समूहमा ?

सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलका लागि शुक्रबार ड्र निकालिएको हो।

यसपटकको विश्वकपमा पहिलो पटक ४८ देशले सहभागिता जनाउँदै छन्। ४८ मध्ये ६ टोलीको भने प्लेअफ खेलबाट  टुंगो लाग्नेछ। 

CG

१२ वटा समूहमध्ये समूह ‘ए’, ‘बी’, ‘डी’, ‘एफ’, ‘आई’ र ‘के’ मा रहने एक-एक टिम प्लेअफबाट आउने छन्।

समूह ‘ए’मा युरोपियन प्लेअफ ‘डी’बाट डेनमार्क, उत्तरी म्यासेडोनिया, रिपब्लिक अफ आयरल्याण्ड र चेक रिपब्लिकबीचको विजेताले स्थान बनाउनेछ।

समूह ‘बी’मा युरोपियन प्लेअफ ‘ए’ बाट इटाली, नर्दन आयरल्याण्ड, वेल्स र बोसनिया हर्जगोभिनामध्ये एक टोली आउनेछ।

समूह ‘डी’मा युरोपियन प्लेअफ ‘सी’ बाट स्लोभाकिया, कोशोभो, टर्की र रोमानियामध्येको विजेता टिमले स्थान बनाउनेछ।

समूह ‘एफ’ मा युरोपियन प्लेअफ ‘बी’ युक्रेन, स्वीडेन, पोल्याण्ड र अल्बानियामध्येको विजेता टोलीले स्थान बनाउनेछ।

समूह आईमा फिफा प्लेअफ २ बाट बोलिभिया, सुरिनेम र इराकमध्ये एक टिम छानिनेछ।

समूह ‘के’मा फिफा प्लेअफ १ बाट न्यू क्यालेडोनिया, जमैका वा कंगोमध्ये एक टोलीले स्थान बनाउनेछ।

कुन देश कुन समूहमा परे?

समूह ‘ए’: मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्ले अफ ‘डी’ विजेता

समूह ‘बी’: क्यानाडा, युरोपेली प्ले अफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड

समूह ‘सी’: ब्राजिल, मोरेक्को, हाइटी र स्टकल्यान्ड

समूह ‘डी’: अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्ले अफ ‘सी’ विजेता

समूह ‘ई’: जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर

समूह ‘एफ’: नेदरल्यान्ड्स, जापान, युरोपेली प्ले अफ ‘बी’ विजेता, ट्युनिसिया

समूह ‘जी’: बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड

समूह ‘एच’: स्पेन, केप भार्डे, साउदी अरेबिया र उरुग्वे

समूह ‘आई’: फ्रान्स, सेनेगेल, प्ले अफ फिफा–टु विजेता र नर्वे

समूह ‘जे’: अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन

समूह ‘के’: पोर्चुगल, प्ले अफ फिफा –वान, उज्वेकिस्तान र कोलम्बिया

समूह ‘एल’: इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

सो निर्वाचन क्षेत्रमा रास्वपाले यसपटक १२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको हो । एक निर्वाचन क्षेत्र रहेको सल्यानमा ललितकुमार चन्द, डोल्पामा देव सिंह ऐडी, मुगुमा राजेन्द्र बहादुर...
रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

रास्वपाका मनाङका  उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उहाँले बताउनुभयो । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब...