नेभिगेशन
समाज

हिजलेट र डु प्लेसिसले अर्धशत बनाउँदा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हरायो

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर भेट्टायो । जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । साम ५१ र फाफ ५० रनमा आउट भए । सुदूरपश्चिमका अविनाश बोहराले दुई र हर्मित सिंहले एक विकेट हात पारे ।

Ncell
Extreme Energy

यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनायो । जसमा आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन र प्रतिश जिसीले दुई विकेट हात पारे । आजको जितले विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ । सुदूरपश्चिम यसअघि नै क्वालिफायर पुगिसकेको थियो । इलिमिलेटरमा काठमाडौं र लुम्बिनी खेल्नेछन् । 

आजै ३ः३० बजे चितवन राइनोज र पोखरा एभेञ्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।