नेभिगेशन
मुख्य समाचार

‘एमाले निष्पक्ष निर्वाचनको पर्खाइमा छ, बहुमतका साथ सरकार बनाउँछ’ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन् । 

शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहेपनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका हुन् । 

CG

‘चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौं । स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं ।  फागुन २१ मा चुनाव हुँदैन हामीलाई थाहा छ । हामी जहिले चुनाव हुन्छ, त्यैले अबको सरकार भनेको चुनावबाट आउने सरकार एमाले नै हो ।’ ओलीले भने । 

अब हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने उनले दावी गरे । ओलीले अब पुराना पार्टी सकिए भन्ने नसोच्न सुझाव दिदै निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गरे । उनले भने, ‘अरु आउँछन् कि आउँदैनन् थाहा छैन एमाले चाहीँ आयो आयो । एमाले एउटा बाढीजस्तो हो । विशला नदीमा आएको बाढीजस्तो ।’

ओलीले यसबीचमा एमाले समिकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पारे । उनले एमालेबिरुद्ध जस्तोसुकै हमला भएपनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने दावी गरे । 

अध्यक्ष ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिगमत तर्फ अघि बढेको भन्दै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताए । अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताए । 

उनले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनस्र्थापित गर्नुपर्ने दोहर्याए । उनले सरकारले छानबिन गर्न भनी बनाएको आयोग अराएको काम गर्न बनाएको तयारी संयन्त्र भएको आरोप लगाए । प्रधानमन्त्रीको ध्यान आफुलाई पक्राउ गर्नेमा केन्द्रीत भएको उल्लेख गर्दै ओलीले आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिए । 

नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उनले दाबी गरे । उनले देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राखे । उनले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको समेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...
मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिन्छः प्रचण्ड

मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिन्छः प्रचण्ड

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा कथाकथित समिकरण तोडिएर नयाँ समिकरण बनेको भन्दै मधेशबाट सुरु...
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै, मन्त्री घिसिङद्वारा निरीक्षण

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै, मन्त्री घिसिङद्वारा निरीक्षण

काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा २.५३ हेक्टरमा प्रशोधन केन्द्र निर्माण भइरहेको हो । एसियाली विकास बैंक ९एडिबी०को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको...

भर्खरै