नेभिगेशन
मुख्य समाचार

मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिन्छः प्रचण्ड

काठकाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरण अन्य प्रदेशमा पनि देखिने दावी गरेका छन् । 

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा कथाकथित समिकरण तोडिएर नयाँ समिकरण बनेको भन्दै मधेशबाट सुरु भएको नयाँ समिकरण अव सवै प्रदेशमा पनि अघि बढ्ने दावी गरे । 

CG

उनले मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सवैलाई आत्मसमिक्षा गर्दै सुध्रने अवसर दिएको बताए । जनेजी आन्दोलनपछि समिक्षा गर्दै नयाँ ढंगले रुपान्तरणका साथ मुलुकको बिकासमा लाग्न बृहत एकता गरिएको उनको भनाइ छ । 

प्रचण्डले सवै जनताको एकताले मात्रै  प्रतिगमन र प्रतिक्रियाबादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे । एमालेभित्र रहेका बामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिष्ट पार्टीहरुलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनले बताए । त्यस्तै उनले मधेश प्रदेशका महत्वपूर्ण विकास आयोजनाहरु कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिष्ट सरकारले नै गर्ने जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...
‘एमाले निष्पक्ष निर्वाचनको पर्खाइमा छ, बहुमतका साथ सरकार बनाउँछ’ : ओली

‘एमाले निष्पक्ष निर्वाचनको पर्खाइमा छ, बहुमतका साथ सरकार बनाउँछ’ : ओली

‘चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौं । स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं ।  फागुन २१ मा चुनाव हुँदैन हामीलाई थाहा छ...

भर्खरै