नेभिगेशन
समाज

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

काठमाडौँ । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भेट्न जेन्जी अगुवा सुदन गुरुङ नख्खु कारागार पुगे । नयाँ र वैकल्पिक शक्तिबीच एकता गर्न आफुले बार्ता गर्ने र मिलाएरै छाड्ने बाचाबीच बार्ताका लागि यो भेट गरिएको सुदनले बताए । उनले रविमाथि प्रतिशोध साँधेको भन्दै त्यसलाई सच्याउनुु पर्ने भेटपछि अभिव्यक्ति दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत मंसिर १० गते नेपाली कांग्रेसका नेता एमव् मेडिकल व्यवसायी सुनिल शर्मा रविलाई भेट्न नख्खु कारागार पुगे । कारागारमा रविसँग झण्डै सवा घण्टा बिताएका शर्माले कारागार बाट बाहिरिएर रविलाई थुनामुक्त गरिनुपर्ने अभिव्यक्ति दिए ।
 
रवि लामिछानेलाई भेट्न कारागार पुुगेका सुदन गुरुङ र सुनिल शर्मा त केही प्रतिनिधि मुलक पात्र मात्रै हुन् । पछिल्लो समय हरेक दिन ६ जना औषत हाराहारी मानिसहरु रविलाई भेट्न नख्खु कारागार पुुग्ने गरेका छन् ।

Everest cinsult

ति मध्ये अधिकाशं जसो मानिसहरु राजनीतिक पृष्ठभूमी  भएका, उच्च पदस्थ पूर्व कर्मचारी, सञ्चारकर्मी, कलाकारदेखि जेनजीका नेताहरुसमेत रहेको नख्खु कारागार स्रोतले जनाएको छ । 

जेनजी आन्दोलनपछि परिवर्तित राजनीतिक घटनाक्रमले नख्खु कारागारमा रहेका रविलाई पुनः राजनीतिको केन्द्रीय शक्तिशाली नेताको रुपमा उभ्याइदिएको छ । आसन्न निर्वाचन  र रास्वपाको देशभर बढ्दो जनलहरका कारण निर्वाचन पछि रास्वपा र रविको सम्भावित राजनीतिक उचाईले यतिबेला धेरैको ध्यान नख्खुमा सरेको छ ।

कुुनै बेला घण्टौँ कुरेर नेता भेट्न लाइन लागेका दृश्य देखिने बुढानिलकण्ठ, खुमलटार र बालकोटामा खरानी बढार्ने काम चलिरहँदा रवि भने तिनैले प्रतिशोधपूर्ण राजनीति गरेर पुर्याएको नख्खु कारागारमा राजनीतिको इपिसेन्टर बनिरहेका छन् ।

नख्खुमा प्रचण्डदेखि सुदनसम्म 

साउनमा कारागार स्थानान्तरण भएपछि रविलाई भेट्न तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि जेनजी आन्दोलनबाट उदाएका सुदन गुरुङसमेत नख्खु कारागार पुगेका छन् । रविको कारागार स्थानान्तरण भएलगत्तै प्रचण्ड नख्खुमा भेटका लागि पुगेका थिए । 

त्यसयता बिहीबार मात्रै जेनजी नेता सुदन गुरुङसहितका मानिसहरु रवि भेट्न कारागार पुगे । ‘दैनिक औषत ६ वटा भेट हुन्छ । भेटहरुमा धेरै जसो राजनीतिक व्यक्तिहरु र उच्च पदस्थहरु नै हुनुहुन्छ,’ कारागार प्रसाशन स्रोतले भन्यो । 

रविका स्वकीय सचिव अविनाश आचार्यकाअनुसार साउन ३१ पछि भन्दा जेनजी आन्दोलनपछि रवि भेट्न चाहनेहरु बढेका छन् । उनकाअनुसार पूर्व प्रधानमन्त्री प्रचण्डबाहेक, पूर्व सांसद एवम् राप्रपा नेता ज्ञानेन्द्र शाही, डा.सुनिल शर्मा, पूर्व मन्त्री एवम् सांसद प्रेम आले, नेता रेशम चौधरी, डा अमरेश कुमार सिंह, समिक्षा बास्कोटा, प्रकाशचन्द्र परियार लगायतका नेताहरु रवि भेट्न कारागार पुगेका छन् । 

यस्तै, बालेन शाहका स्वकीय सचिव कुमार बेनले रविलाई दुुई पटक कारागारमा भेटेका छन् । नेपाली कांग्रेस बीपी समूहका  अध्यक्ष कर्ण मल्लले पनि रविलाई कारागारमै गएर भेटेका छन् । जेनजी आन्दोलनपछि उदाएका जेनजीका सबै जसो अगुवाहरुले रविसँग राजनीतिक भेट गरेका छन् ।

बिहीबार मात्रै रवि भेट्न पत्रकार ऋषी धमला कारागार पुगेका थिए । यस अघि सञ्चारकर्मीहरु उमेश श्रेष्ठ, टीकाराम यात्री लगायतहरु नख्खु कारागार पुगेका थिए । अघिल्लो साता नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेललाई रविलाई कारागारमा भेटेर फर्किए पछि रास्वपा प्रवेश गरेका थिए । सभापति रवि लामिछानेको सचिवालयकाअनुसार पार्टीका कार्यबाहक सभापति देखि पदाधिकारी र अन्य नेताहरुको भेट पनि नियमित नै छ । 

राजनीतिको केन्द्रमा फेरि रवि 

देश यतिबेला निर्वाचनको पूर्वसन्ध्यामा छ । जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ मा निर्वाचन गराउने तयारी गरिरहेको छ । 

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पूराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का र शक्तिशाली भएर निर्वाचनमा होमिएको छ । 

देश भित्र र बाहिर पनि रास्वपाप्रतिको आकर्षण तिब्र बन्दा रविसँग भेट गरेर रास्वपामा प्रवेश गर्न चाहनेहरुको लहर तिब्र देखिन्छ । पुराना पार्टी र बालेनदेखि जेनजी आन्दोलनपछि उदाएका नयाँ युवा राजनीतिक अभियन्ताहरु पनि रास्वपा र रविसँग नजिकिएका छन् । उनीहरु सहमति र एकताका लागि निरन्तर रवि र रास्वपासँग छलफलमा छन् । 

बालेनका स्वकीय सचिव कुमार बेन देखि जेनजी सुदन गुरुङसम्मले रविलाई कारागारमा भेट्नुको कारण यही छलफलमा आधारित रहेको रास्वपाले जनाएको छ । पुराना पार्टीका स्थापित नेताहरु समेत रविसँग सामिप्यता बढाउन पुगेका छन् । यसमा आफ्नो वैकल्पिक राजनीतिक यात्राको एउटा सम्भावना रास्वपालाई देखेको रुपमा सार्वजनिक चर्चाहरु हुने गरेको छ ।

रविलाई भेटेर फर्किएकाहरुले भने एकै स्वरमा रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै प्रतिशोधपूर्ण मुद्दा फिर्ता लिनुपर्ने माग सरकारसँग गरिरहेका छन् । बालेन निकट स्रोतकाअनुसार बालेनका स्वकीय सचिव कुमार बेनले दुुई पटक भेटेर वैकल्पिक शक्ति एक एक भएर निर्वाचन जान सकिनेबारे छलफल गरेका थिए ।

रवि भेटेर फर्किएका व्यक्तिहरुका अनुुसार यो सरकारबाट रविको अपेक्षा स्वतन्त्र न्यायको छ । सरकारमा सामेल हुनुअघि रविमाथि प्रतिशोध भनेकाहरुले सरकारमा गएपछि प्रतिशोधविरुद्ध केही नगरेको कुरामा रवि दुखी छन् । ‘कि सरकारमा सहभागीहरुले पहिले भनेको प्रतिशोध फिर्ता लिनुुप¥यो की प्रतिशोधपूर्ण मुद्दाको महाजालो हटाउनुप¥यो,’ रवि भेटेर फर्किएका एक नेताले सिधाकुरासँग भने । 

कसरी भेट्न पाइन्छ रविलाई ?

रवि लामिछाने सहकारी प्रकरणमा पुर्पक्षका लागि २०८१ चैत २५ गते भैरहवा कारागार चलान भएका थिए । त्यहाँ रहेका सभापति रवि लामिछानेलाई तत्कालिन सरकारले कारागार भित्रै गोलघर जस्तैमा राखेको र अमानवीय व्यवहार गरेको राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अध्ययनपछि पुष्टी भएको थियो । 

त्यसपछि चौतर्फी आलोचना भएपछि लामिछानेलाई कारागार सारेर साउन ३१ गते नख्खु ल्याइएको थियो । नख्खु ल्याएपछि उनलाई सिमित भेटघाटको सुबिधा दिएको थियो । कारागार प्रशासनका अनुसार रविलाई राजनीतिक बन्दी सरह भेटघाटको सुबिधा दिइएको छ ।

जसअनुसार लामिछाने र पारिवारिक सहमतिका आधारमा दैनिक औषत ६ जना मानिसहरु रविलाई भेट्न नख्खु कारागार जान पाउँछन् । रविलाई कारागारमा भेट्न सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा भेट्न जाने मानिसले रास्वपा वा रविको सचिवालयलाई नाम टिपाउनुपर्छ । 

सामान्यतया रविको स्वकीय सचिव अविनाश आचार्यले उक्त नामहरु कारागार प्रशासनमा पठाउँछन् र सोहीअनुसार कारागार प्रशासनले समय तोकेर बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म रविलाई भेटको समय तोक्छ ।

के भन्छन् विज्ञ ? 

राजनीतिक विश्लेशकहरु रवि पुनः राजनीतिको केन्द्रमा फर्किएको बताउँछन् । रवि माथि नख्खु कारागार घटनामा लागेको आरोपपछि खस्किएको साख अहिले पहिले भन्दा पनि दरिलो भएर उठेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् । यसो हुनुमा अन्य दलको नालायकी र रास्वपाले आफूलाई परिवर्तित समयअनुसार ढाल्नुु प्रमुख कारण रहेको उनको भनाई छ ।   

भलै संक्रमणको बीच वैकल्पिक राजनीतिको मियो बनेको रास्वपा र यसको केन्द्रमा रहेका रविले अवको राजनीतिमा कति परिपक्कता देखाउँछन् । त्यसले मुलुक, रास्वपा र रवि स्वयम्को भविष्य निर्धारण गर्नेछ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पेट्रोलियम पदार्थको मूल्य  बढ्यो,  पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ पुग्याे

पेट्रोलियम पदार्थको मूल्य  बढ्यो, पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ पुग्याे

निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५०...
नेपाल बाल संगठन र बालमन्दिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाल बाल संगठन र बालमन्दिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको घोषणा

यस्तै यसअघि हिजो मङ्गलबार उहाँले नेपाल बाल सङ्गठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको रावलले...
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

प्रधानकमन्त्रीका प्रेस सल्लाहकार राम बहादुर रावलले सरकारले उक्र प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सिधाकुरालाई जानकारी दिए ।
सुशीला सरकारका निर्णयमा शीतलनिवासको ‘चेक एण्ड होल्ड’

सुशीला सरकारका निर्णयमा शीतलनिवासको ‘चेक एण्ड होल्ड’

सेरेमोनियल राष्ट्रपति रामचन्द्र पौडेलले कार्यकारी प्रधानमन्त्रीका केही निर्णय शीतलनिवाससम्म पुग्नै दिएनन्, शीतलनिवाससम्म पुगेका केही निर्णय पनि अनुमोदन गरिदिएनन् । यसको अर्थ शीतलनिवासले सरकारका निर्णय नै ‘चेक एण्ड होल्ड’...