नेभिगेशन
समाज

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

हेटौंडा । लामो समयदेखि रोकिएको हेटौंडा सडक विस्तार आजबाट शुरु भएको छ । बागमती प्रदेश राजधानी समेत रहेको हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर सडक विस्तारको कार्य विहान ५ बजेबाट शुरु गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध अदालतबाट स्टेअर्डर ल्याउनाले सडक विभाग पछि हटेको थियो । 

Ncell
Extreme Energy

२०७३ सालबाट अझ पेचिलो बन्दै गएको सडक विस्तारको कार्य उपर गत २०८० पुष १७ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलाशले हेटौंडा बजारको ९.५ किलोमिटर क्षेत्रभित्र पर्ने सडकको दायाँबायाँ २५/२५ गज (७५ फिट) राष्ट्रिय राजमार्गभित्र पर्ने भएकाले मुआब्जा, क्षतिपूर्ति दिन नपर्ने आदेश दिएको थियो । आदेशसँगै सडकविभागले गत मङसीर ५ गते १५ दिने सूचना जारी गर्दै हेटौंडामा त्रिभुवन राजपथको रातोमाटेदेखि सामरीपुलसम्म र महेन्द्र राजमार्गको बुद्धचौकदेखि राप्तिपुलसम्मको क्षेत्रका घरटहरा हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । 

सूचनाको समयावधि हिजो शुक्रबार राति १२ बजेपछि सकिएसँगै सडक डिभिजन कार्यालयले विहान ५ बजेबाट ती क्षेत्रका ५३१ घर टहरा हटाउन लागेको छ । २०७३ सालदेखि ३४३ वटा मुद्दा परेका थिए । डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार २०२१ सालको राजमार्ग व्यवस्था ऐन र २०३४ सालको रापत्रको सूचना अनुसार यस क्षेत्रलाई राष्ट्रिय राजमार्ग घोषणा गरिसकेको बताएका छन् । 

सडक विस्तारको सन्दर्भमा हेटौंडा उपमहानगरपालिकाले आफ्नो कार्यपालिका बैठकबाटै सडक विस्तार गर्ने निर्णयले स्थानीय सरकार पनि सडक विस्तारको पक्षमा देखिएको छ । उपमहानगरपालिकाले सडक क्षेत्रका घरटहरा बनाउने, नक्सापास गर्ने समयमा नै सडक विस्तार गर्नुपरेमा आफैँ घर भत्काउने कागजातमा सबै घरधनीहरुले स्वयम्ले सहीछाप गरेको बताएको छ । 

सर्वोच्चको आदेशले आफूहरु पीडित भएको र हेटौँडा बजार क्षेत्रको सडक विस्तार उपर उत्प्रेषणको रिट दायर भएपछि सर्वोच्च अदालतले ६ जनाको सन्दर्भमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । गत मङ्सीर १६ गते राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसांसद विन्दबासिनी कंसाकारसहितले दायर गरेको रिटमाथि शुक्रबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले मंसिर २६ गते अन्तरिम आदेशका विषयमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुनसमेत आदेश दिएको छ । पूर्वसांसद कंसाकारको परिवारको नाममा त्रिभुवन राजपथको पिपलबोट नजिक २५ गजभित्र घरपसल रहेको छ । 

तर जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सर्वोच्च अदालतको आदेश ६ जना निवेदकको हकमा मात्र आएको बुझिएपनि सो आदेश जिल्ला अदालत हुँदै आधिकारिक रूपमा दर्ता भइनसकेकाले सडक विस्तार कार्य रोकिएन । कानून कार्यान्वयनका लागि आधिकारिक पत्र नै आउनुपर्ने हुनाले ह्वाट्सएपमा पठाएको कागज वा कसैले बोकेर आएको कागजले सडक विस्तार कार्य नरोकिने उनको भनाई छ । सडक विभागले समेत हिजो आफूहरुलाई कुनै पत्र प्राप्त नभएकाले सडक विस्तार कार्य नरोकने सूचना जारी गरेको थियो । 

सडक विस्तार कार्यको विरोधका कुनैपनि राजनीतिक दलका नेता, प्रतिनिधिहरु आएनन् भने, सडक सिमा भित्रका घरधनीहरुसमेत सडक विस्तार कार्यमा अवरोध पुर्याउन कोही देखा परेनन् । स्थानीय प्रशासनले ठूलो संख्यामा जनपथ तथा सशस्त्र प्रहरी बल खटाएको थियो । हेटौंडा बजार क्षेत्र भएर चल्ने सबै सवारीका लागि बैकल्पिक बाटोको व्यवस्था गरिएको छ । मकवानपुरसँग सिमा जोडिएका चितवन र बारा जिल्लामा सडक विस्तार कार्य सम्पन्न भई ६ लेन सडक विस्तार भईसकेको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब...
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

छलफलमा बागमती प्रदेश सरकारका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको मर्मअनुसार एकताबद्ध, पूर्ण प्रतिबद्ध र समर्थनमा रहने सामूहिक संकल्प सांसदहरूले व्यक्त गरेका छन्।

भर्खरै