नेभिगेशन
समाज

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  सुशासन मार्फत् भ्रष्टाचारको अन्त्य  र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा  ललितपुरको इमाडोलस्थित कृष्णमन्दिरमा आइतबारदेखि सुरु भएको ‘श्रीमत्तारतम’ सागर पाठपारायण सप्ताह ज्ञान महायज्ञ २०८२ को सुभारम्भका अवसरमा  उनले आगामी निर्वाचनमा सही प्रतिनिधि छनौट गर्न आग्रह गरे ।

Ncell
Extreme Energy

उनले भने, “वर्तमान सरकार जेनजेड आन्दोलनको जगमा गठन भएको हो । सरकारको प्रमुख ध्येय निर्वाचन सम्पन्न गराउनु नै हो । यसमा सहयोग गर्न म सबैमा आग्रह गर्दछु । ” मन्त्री खरेलले धर्मको महत्त्व र महिना उच्चकोटीको रहेको चर्चा गरे  । महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले सत्कर्मको भावलाई अनुशरण गर्दै समाजसेवामा लाग्न जोड दिए । आयोजक समितिका अध्यक्ष राजन थापाले असक्तलाई सहयोग गर्न सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।