नेभिगेशन
समाज

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर जानुपर्ने आवश्यकता महसुस गराउने गरी अध्यक्ष ओलीका तर्फबाट पर्चा (पत्र) तयार पारेर पठाउन थालिएको बताए ।

Ncell
Extreme Energy

राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रुपान्तरित गर्नुपर्ने अध्यक्ष ओलीको आग्रह छ । उनले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने पार्टीका रूपमा चित्रण गर्दैं, वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भएको टिप्पणी गरे ।

यही मङ्सिर २७ गते दिउँसो १२ः३० बजे भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । उद्घाटनका लागि एमालेले बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई विशेष रूपमा उपस्थित गराउने योजना बनाएको सचिव डा भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...