नेभिगेशन
समाज
पोखरा विमानस्थलमा भ्रष्टाचार

५ पूर्वमन्त्री, १० जना पूर्वसचिवसहित ५५ जना विरुद्ध ८ अर्ब भ्रष्टाचारको अभियोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा संलग्नहरु विरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियारका अनुसार यसरी मुद्दा चलाउनले निर्णय भएकाहरुमा दिवंगत पर्यटनमन्त्री पोष्टबहादुुर बोगटीसहित ५ जना पूर्वमन्त्री र १० जना नेपाल सरकार पूर्वसचिवहरु रहेका छन् । 

Ncell
Extreme Energy

मुद्दा दायर भएका पूर्वमन्त्रीहरुमा भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी छन् ।

यस्तै, पूर्व सचिवहरुमा सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार रामकृष्ण तिमल्सिनासहितका छन् ।  

उनीहरु विरुद्ध ८ अर्ब रुपैयाँ विगो कायम गरेर मुद्दा चलाउने निर्णय भएको अख्तियारले जनाएको छ । शुक्रबार भएको सो निर्णय बमोजिम आज आइतबार मुद्धा दायर गर्न आरोप पत्र लिएर अख्तियारको टोली विशेष अदालत पुगेको छ । 

अख्तियारको टोली पोखरा विमानस्थल भ्रष्टाचारको फाइल लिएर अदालत आएको विशेष अदालत स्रोतले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सकियो, दुई दिनभित्र सञ्चालनमा आउने

बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सकियो, दुई दिनभित्र सञ्चालनमा आउने

बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ।  पुलमा जाली राख्ने काम सकिएसँगै दुई दिनभित्र आवतजावत सञ्चालनमा ल्याउने तयारी गरिएको...
त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालकसमेत घाइते भएको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय समिति गठन गरेको छ।
रास्वपा सचिवालय बैठकका यी हुन् सात निर्णय

रास्वपा सचिवालय बैठकका यी हुन् सात निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले सात वटा निर्णय गरेको छ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

आगामी असोज ९ गतेदेखि ११ गतेसम्म मनसुन थप सक्रिय हुने भएकाले विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।