नेभिगेशन
मुख्य समाचार

प्रतिनिधसभा उम्मेदवारका लागि आवेदन दिन रास्वपाको आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुन चाहाने इच्छुक सदस्यका लागि आवेदन आह्वान गरेको छ ।

रास्वपाले संघीय निर्वाचन अन्तर्गतको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (एफपीटिपी) का लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरुलाई  उम्मेदवार छनोट रूपरेखा बमोजिम मङ्सिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरेको हो ।

CG

जसमा आवेदन दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक मोबाइल एप मार्फत् तोकिएको आवेदन शुल्क बुझाएर आवेदन दिन सकिने रास्वपाले जनाएको छ । रास्वपाले प्रतिनिधि सभा सदस्य उम्मेदवारका हकमा २५ हजार रुपैयाँ आवेदन शुल्क निर्धारण गरेको छ ।

तर विपन्न वर्गका आवेदनकर्ताका हकमा भने योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरुले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा आफ्नो आवेदनसाथ सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र र सम्बन्धित पार्टी पालिका समितिबाट जारी सिफारिस पत्र सहित कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत् उम्मेदवार छनोट समितिमा पेश गर्नुपर्ने छ ।

यसरी पठाएका उपलब्ध कागजातहरूको आधारमा आवेदन शुल्क मिनाहा गर्ने वा नगर्ने सम्बन्धमा अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्ने रास्वपाको जनाएको छ । उम्मेदवारी आवेदन तथा उम्मेदवार छनोट प्रक्रियासम्बन्धी थप जानकारी पार्टीको वेवसाइट(https://rspnepal.org/)आवेदन दिन लिंक( https://rspnepal.page.link/app) र पार्टीको केन्द्रीय निर्वाचन आयोग, समग्र पार्टी संरचना (केन्द्र, प्रदेश, जिल्ला, पालिका आदि) बाट लिन सकिने रास्वपाको उम्मेदवार छनोट समितिका संयोजक विपिन कुमार आचार्य जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त...
पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

स्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन...
हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१...
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा...

भर्खरै