नेभिगेशन
समाज

प्रतिनिधसभा उम्मेदवारका लागि आवेदन दिन रास्वपाको आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुन चाहाने इच्छुक सदस्यका लागि आवेदन आह्वान गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले संघीय निर्वाचन अन्तर्गतको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (एफपीटिपी) का लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरुलाई  उम्मेदवार छनोट रूपरेखा बमोजिम मङ्सिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरेको हो ।

Ncell
Extreme Energy

जसमा आवेदन दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक मोबाइल एप मार्फत् तोकिएको आवेदन शुल्क बुझाएर आवेदन दिन सकिने रास्वपाले जनाएको छ । रास्वपाले प्रतिनिधि सभा सदस्य उम्मेदवारका हकमा २५ हजार रुपैयाँ आवेदन शुल्क निर्धारण गरेको छ ।

तर विपन्न वर्गका आवेदनकर्ताका हकमा भने योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरुले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा आफ्नो आवेदनसाथ सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र र सम्बन्धित पार्टी पालिका समितिबाट जारी सिफारिस पत्र सहित कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत् उम्मेदवार छनोट समितिमा पेश गर्नुपर्ने छ ।

यसरी पठाएका उपलब्ध कागजातहरूको आधारमा आवेदन शुल्क मिनाहा गर्ने वा नगर्ने सम्बन्धमा अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्ने रास्वपाको जनाएको छ । उम्मेदवारी आवेदन तथा उम्मेदवार छनोट प्रक्रियासम्बन्धी थप जानकारी पार्टीको वेवसाइट(https://rspnepal.org/)आवेदन दिन लिंक( https://rspnepal.page.link/app) र पार्टीको केन्द्रीय निर्वाचन आयोग, समग्र पार्टी संरचना (केन्द्र, प्रदेश, जिल्ला, पालिका आदि) बाट लिन सकिने रास्वपाको उम्मेदवार छनोट समितिका संयोजक विपिन कुमार आचार्य जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...