नेभिगेशन
समाज

एक सातामै प्रदीप अधिकारीविरुद्ध दाेस्राे भ्रष्टाचार मुद्दा

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध दोस्रो भ्रष्टाचारको मुद्दा विशेष अदालत पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा संलग्नहरु विरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । त्यसमा अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारमा अख्तियारले दिवंगत पूर्वपर्यटनमन्त्री पोष्टबहादुर बोगटीसहित ५ जना पूर्वमन्त्री र १० जना नेपाल सरकार पूर्वसचिवहरुलाई मुद्दा चलाउने निर्ण गरेको छ । पूर्वमन्त्रीहरुमा भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी रहेका छन् । 

Ncell
Extreme Energy

यस्तै, पूर्व सचिवहरुमा सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार रामकृष्ण तिमल्सिनासहितका छन् ।  उनीहरु विरुद्ध ८ अर्ब रुपैयाँ विगो कायम गरेर मुद्दा चलाउने निर्णय भएको अख्तियारले जनाएको छ । 

यसअघि आयोगले भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा १३ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो । 

निबर्तमान महानिर्देशक अधिकारी सहित थप ६ जनलाई पनि जनही १३ करोड ५७ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको गरिएको थियो । 

क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख बिजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी कायम गरिएको थियो । 

यो सँगै अधिकारीविरुद्ध २ ओटा भ्रष्टाचारका मुद्दा भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सकियो, दुई दिनभित्र सञ्चालनमा आउने

बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सकियो, दुई दिनभित्र सञ्चालनमा आउने

बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ।  पुलमा जाली राख्ने काम सकिएसँगै दुई दिनभित्र आवतजावत सञ्चालनमा ल्याउने तयारी गरिएको...
त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालकसमेत घाइते भएको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय समिति गठन गरेको छ।
रास्वपा सचिवालय बैठकका यी हुन् सात निर्णय

रास्वपा सचिवालय बैठकका यी हुन् सात निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले सात वटा निर्णय गरेको छ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

आगामी असोज ९ गतेदेखि ११ गतेसम्म मनसुन थप सक्रिय हुने भएकाले विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।