नेभिगेशन
मुख्य समाचार

एक सातामै प्रदीप अधिकारीविरुद्ध दाेस्राे भ्रष्टाचार मुद्दा

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध दोस्रो भ्रष्टाचारको मुद्दा विशेष अदालत पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा संलग्नहरु विरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । त्यसमा अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । 

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारमा अख्तियारले दिवंगत पूर्वपर्यटनमन्त्री पोष्टबहादुर बोगटीसहित ५ जना पूर्वमन्त्री र १० जना नेपाल सरकार पूर्वसचिवहरुलाई मुद्दा चलाउने निर्ण गरेको छ । पूर्वमन्त्रीहरुमा भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी रहेका छन् । 

CG

यस्तै, पूर्व सचिवहरुमा सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार रामकृष्ण तिमल्सिनासहितका छन् ।  उनीहरु विरुद्ध ८ अर्ब रुपैयाँ विगो कायम गरेर मुद्दा चलाउने निर्णय भएको अख्तियारले जनाएको छ । 

यसअघि आयोगले भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा १३ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो । 

निबर्तमान महानिर्देशक अधिकारी सहित थप ६ जनलाई पनि जनही १३ करोड ५७ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको गरिएको थियो । 

क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख बिजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी कायम गरिएको थियो । 

यो सँगै अधिकारीविरुद्ध २ ओटा भ्रष्टाचारका मुद्दा भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नैतिकताको कसीमा केपी ओली

नैतिकताको कसीमा केपी ओली

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाईले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । एकाइले पत्ता लगाएका कूल...
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...