नेभिगेशन
मुख्य समाचार

पूर्वराष्ट्रपति भण्डारीद्वारा आगजनी भएको सिंहदरबारभित्रको संरचनाको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारभित्रको संरचनाको अवलोकन गरेकी छन् ।

आइतबार सिंहदरबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संरचनाको अवलोकन गरेकी हुन । पूर्वराष्ट्रपति भण्डारीले पुग्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वागत गरेका थिए । त्यसपछि उनले सिंहदरबारको मुख्य भवन पुरानो प्रधानमन्त्री कार्यालय, ग्यालरी बैठक लगाएतको अवलोकन गर्नुभएको थियो भने सञ्चारमन्त्री खरेलले क्षति र पुननिर्माणको तयारीका बारेमा जानकारी गराएका थिए ।

CG

सिंहदरबारको अवलोकन गरेपछि पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा भाद्र २४ गते भएको घटनामा सिंहदरबारको महत्वपूर्ण संरचना जलेको देख्दा दुख लागेको भन्दै छिटै पुननिर्माण हुने विश्वास व्यक्त गरिन । जेनजी आन्दोलनका क्रममा दुखद घटना घटेको भन्दै भविष्यमा यस्ता घटना दोहरिन दिन नहुने उनले बताइन ।

जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको पश्चिम भाग पूर्ण रुपमा क्षति भएको थियो भने अन्य मन्त्रालयहरुमा समेत आगजनी भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।

भर्खरै