नेभिगेशन
समाज

पूर्वराष्ट्रपति भण्डारीद्वारा आगजनी भएको सिंहदरबारभित्रको संरचनाको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारभित्रको संरचनाको अवलोकन गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सिंहदरबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संरचनाको अवलोकन गरेकी हुन । पूर्वराष्ट्रपति भण्डारीले पुग्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वागत गरेका थिए । त्यसपछि उनले सिंहदरबारको मुख्य भवन पुरानो प्रधानमन्त्री कार्यालय, ग्यालरी बैठक लगाएतको अवलोकन गर्नुभएको थियो भने सञ्चारमन्त्री खरेलले क्षति र पुननिर्माणको तयारीका बारेमा जानकारी गराएका थिए ।

Ncell
Extreme Energy

सिंहदरबारको अवलोकन गरेपछि पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा भाद्र २४ गते भएको घटनामा सिंहदरबारको महत्वपूर्ण संरचना जलेको देख्दा दुख लागेको भन्दै छिटै पुननिर्माण हुने विश्वास व्यक्त गरिन । जेनजी आन्दोलनका क्रममा दुखद घटना घटेको भन्दै भविष्यमा यस्ता घटना दोहरिन दिन नहुने उनले बताइन ।

जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको पश्चिम भाग पूर्ण रुपमा क्षति भएको थियो भने अन्य मन्त्रालयहरुमा समेत आगजनी भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।