नेभिगेशन
सबै कुरा

केपी शर्मा ओलीलाई राउटे मुखियाको उपहार......

कर्णाली । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिनुभएको छ । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको काठको सामग्री हो ।

‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्पयात्रा’ अभियानका क्रममा सोमबार दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा मुखिया शाहीले अध्यक्ष ओलीलाई कोसी उपहार दिए ।  उपहार ग्रहणपश्चात एमाले अध्यक्ष ओलीले आफूले लगाएको फूलको माला फुकालेर राउटे मुखिया शाहीलाई लगाइदिँदै भने, “राउटे समुदायको अस्तित्व बचाएर जीविकोपार्जन सहज बनाउन, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन तथा नीतिगत कार्यक्रम बनाएर सहयोग गर्न एमाले तयार छ ।”

Dish Home
Global Ime Bank

स्वागत कार्यक्रममा राउटे मुखिया शाहीले आफ्नो समुदायको पुख्र्यौली पेसा नै सङ्कटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुःखेसो पोख्दै भने, “हामीलाई जङ्गल बस्न समस्या छ । हाम्रो समस्या  बुझ्नुहोला भनेर तपाईँ पूर्व प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आयाको (आएको) । अध्यक्ष ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या । अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका (आएका) हौँ ।”

राउटे मुखिया शाहीले चिसोमा न्यानो लुगा दिन र खाद्य उपलब्ध गरिदिन पनि अध्यक्ष ओलीसँग आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभामा २ विधेयक स्वीकृत

प्रतिनिधिसभामा २ विधेयक स्वीकृत

प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत...
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षकाे बजेट पारित

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षकाे बजेट पारित

संघीय संसद्‌को प्रतिनिधिसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याइएको विनियोजन विधेयक २०८२ पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार संसदमा पेस गरेको प्रस्ताव बहुमतले पारित भएको...
धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताएका छन् ।
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा...