नेभिगेशन
समाज
पोखरा विमानस्थलमा भ्रष्टाचार

यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा संलग्नहरुविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले विशेष अदालतमा ५५ जना व्यक्ति र एक कम्पनीसहित ५६ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ताको प्रक्रिया चलिरहेको छ । 

Ncell
Extreme Energy

यसरी प्रतिवादी बनाइएकाहरुमा ५ जना पूर्वमन्त्रीहरु छन् । यस्तै, यस अघि सरकारको विभिन्न निकायमा सचिव तथा सचिवस्तरमा काम गरिसकेका १० जना कर्मचारीहरु पनि पोखरा विमानस्थलको भ्रष्टाचारमा मुछिएका छन् । 

अख्तियारले मुद्दा दायर गर्ने चरणमा रहेको आरोप पत्रअनुसार सर्वोच्च अदालतका पूर्वरजिष्टार तथा समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमल्सिना, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्वसचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, मोहनकृष्ण सापकोटा, सुरेश आचार्य, मधुकुमार मरासीनीलाई भ्रष्टाचार मुुद्दामा प्रतिवादी बनाइएको छ । 

यस्तै तक्कालिन सहसचिव रञ्जनकुमार अर्याल पनि यो मुद्दामा प्रतिवादी छन् । सबै विरुद्ध ८ अर्ब ३६ करोड रुपैयाँ विगो कायम गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सकियो, दुई दिनभित्र सञ्चालनमा आउने

बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सकियो, दुई दिनभित्र सञ्चालनमा आउने

बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ।  पुलमा जाली राख्ने काम सकिएसँगै दुई दिनभित्र आवतजावत सञ्चालनमा ल्याउने तयारी गरिएको...
त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालकसमेत घाइते भएको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय समिति गठन गरेको छ।
रास्वपा सचिवालय बैठकका यी हुन् सात निर्णय

रास्वपा सचिवालय बैठकका यी हुन् सात निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले सात वटा निर्णय गरेको छ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

आगामी असोज ९ गतेदेखि ११ गतेसम्म मनसुन थप सक्रिय हुने भएकाले विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।