नेभिगेशन
मुख्य समाचार

वर्तमान सरकारको ध्यान आगामी निर्वाचन र सुशासनमा केन्द्रित छ: मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले वर्तमान सरकारको ध्यान आगामी प्रतिनिधिसभाको निर्वाचन र सुशासनमा केन्द्रित  रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त हुनुभएका डा.कुमार शर्मा आचार्यलाई नियुक्त पत्रका प्रदानका साथै शुभकामना व्यक्त गर्दै मन्त्री खरेलले निर्वाचनलाइ सफल बनाउन, भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम गर्न अघि बढिरहेको भन्दै सवैले साथ दिनुपर्ने बताएका हुन ।

CG

उनले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सवैले जोड दिइरहेको अवस्थामा अहिले भइरहेको साइबर आक्रमण ठूलो चूनौतिको रुपमा रहेको उल्लेख गरेका थिए । १५ हजार मिडियाका ३० हजार सामाजिक सञ्जाल दुरुपयोग हुने खतरा रहेको भन्दै मन्त्री खरेलले गलत सूचना र गलत समाचारलाई नियन्त्रण गर्न प्रेस काउन्सीलले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

आमसञ्चारमाध्यमलाई थप प्रभावकारी बनाएर स्वतन्त्र रुपमा काम गर्न प्रेरित गर्ने काम समेत काउन्सीलले गर्नुपर्ने उनको भनाई छ । सो अवसरमा प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा.कुमार शर्मा आचार्यले सुशासन, भ्रष्टाचारको बिरुद्धमा गठन भएको सरकारले नियुक्त गरेकाले आफु सुशासनका पक्षमा अडिक भएर काम गर्ने जनाए ।

यहि मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलको अध्यक्षमा ४ वर्षका लागि मनोनित गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त...
पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

स्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन...
हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१...
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा...

भर्खरै