नेभिगेशन
समाज

वर्तमान सरकारको ध्यान आगामी निर्वाचन र सुशासनमा केन्द्रित छ: मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले वर्तमान सरकारको ध्यान आगामी प्रतिनिधिसभाको निर्वाचन र सुशासनमा केन्द्रित  रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सिंहदरबारमा प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त हुनुभएका डा.कुमार शर्मा आचार्यलाई नियुक्त पत्रका प्रदानका साथै शुभकामना व्यक्त गर्दै मन्त्री खरेलले निर्वाचनलाइ सफल बनाउन, भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम गर्न अघि बढिरहेको भन्दै सवैले साथ दिनुपर्ने बताएका हुन ।

Ncell
Extreme Energy

उनले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सवैले जोड दिइरहेको अवस्थामा अहिले भइरहेको साइबर आक्रमण ठूलो चूनौतिको रुपमा रहेको उल्लेख गरेका थिए । १५ हजार मिडियाका ३० हजार सामाजिक सञ्जाल दुरुपयोग हुने खतरा रहेको भन्दै मन्त्री खरेलले गलत सूचना र गलत समाचारलाई नियन्त्रण गर्न प्रेस काउन्सीलले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

आमसञ्चारमाध्यमलाई थप प्रभावकारी बनाएर स्वतन्त्र रुपमा काम गर्न प्रेरित गर्ने काम समेत काउन्सीलले गर्नुपर्ने उनको भनाई छ । सो अवसरमा प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा.कुमार शर्मा आचार्यले सुशासन, भ्रष्टाचारको बिरुद्धमा गठन भएको सरकारले नियुक्त गरेकाले आफु सुशासनका पक्षमा अडिक भएर काम गर्ने जनाए ।

यहि मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलको अध्यक्षमा ४ वर्षका लागि मनोनित गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...