नेभिगेशन
मुख्य समाचार

देउवा ओली भेटको अन्तर्यः प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । नेकपा (एमाले)ले मंसिर ९ गते प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो ।

आजको दिन सम्म पनि यस विषयमा चुपचाप रहेको काँग्रेसले एकाएक आइतबार संसद् पनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको हो । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भेटवार्ता गरेका थिए ।

CG

यी दुई नेताबीचको भेटपश्चात् आइतबारमात्र प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गर्नुले राजनीतिक वृत्तमा शंका पैदा गरिदिएको छ । जसका कारण शुक्रबार काँग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भएको सम्बाद र सम्झदारीमै नेपाली काँग्रेस पनि प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने निर्णयमा पुगेको हुन सक्ने आशंका बढेको जानकारहरु बताउछन् ।

निर्वतमान सरकारका साझेदार भएपनि भदौ २४ को जेनजी आन्दोलन पश्चात् काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली शुक्रबार पहिलो पटक भेटेका थिए । जेनजी आन्दोलनपछि केपी ओलीले राजीनामा दिए पश्चात् भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले संसद् विघटनको निर्णय गरेको थियो ।

नयाँ गठित सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेका थिए । त्यस्तै, प्रतिनिधि सभा विघटनलाई प्रयाः राजनीतिक दलले असंवैधानिक भएको बताउदै आएका छन् ।

केहि दलहरुले चुनावमा जानुपर्ने निर्णय गरे पनि एमाले भने संसद्को पुनःस्थापनको माग गर्दै आइरहेको थियो । हाल आएर कांग्रेसले पनि प्रतिनिधि सभा विघटनविरुद्ध संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुले जेनजी आन्दोलन पश्चात् चिसिएको यी दुई दलबीचको सम्बन्ध सुधारिएको आकलन गर्न थालिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त...
पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

स्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन...
हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१...
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा...

भर्खरै