नेभिगेशन
समाज

देउवा ओली भेटको अन्तर्यः प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । नेकपा (एमाले)ले मंसिर ९ गते प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको दिन सम्म पनि यस विषयमा चुपचाप रहेको काँग्रेसले एकाएक आइतबार संसद् पनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको हो । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भेटवार्ता गरेका थिए ।

Ncell
Extreme Energy

यी दुई नेताबीचको भेटपश्चात् आइतबारमात्र प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गर्नुले राजनीतिक वृत्तमा शंका पैदा गरिदिएको छ । जसका कारण शुक्रबार काँग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भएको सम्बाद र सम्झदारीमै नेपाली काँग्रेस पनि प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने निर्णयमा पुगेको हुन सक्ने आशंका बढेको जानकारहरु बताउछन् ।

निर्वतमान सरकारका साझेदार भएपनि भदौ २४ को जेनजी आन्दोलन पश्चात् काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली शुक्रबार पहिलो पटक भेटेका थिए । जेनजी आन्दोलनपछि केपी ओलीले राजीनामा दिए पश्चात् भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले संसद् विघटनको निर्णय गरेको थियो ।

नयाँ गठित सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेका थिए । त्यस्तै, प्रतिनिधि सभा विघटनलाई प्रयाः राजनीतिक दलले असंवैधानिक भएको बताउदै आएका छन् ।

केहि दलहरुले चुनावमा जानुपर्ने निर्णय गरे पनि एमाले भने संसद्को पुनःस्थापनको माग गर्दै आइरहेको थियो । हाल आएर कांग्रेसले पनि प्रतिनिधि सभा विघटनविरुद्ध संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुले जेनजी आन्दोलन पश्चात् चिसिएको यी दुई दलबीचको सम्बन्ध सुधारिएको आकलन गर्न थालिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...