नेभिगेशन
समाज

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा साडे ८ अर्ब भष्ट्राचारको नालीबेली

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा ८ अर्ब ३६ करोड रुपैयाँ भन्दा धेरै रकम भ्रष्टाचार गरेको ठहर गर्दै

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना पूर्व मन्त्रीहरु, १० जना पूर्व सचिवहरु देखि निमार्ण कम्पनीसम्मलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

CG

आयोगले शुक्रबार विमानस्थल निर्माणमा संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेपछि आइतबार ति सबैविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । जसमा ५ जना पूर्वमन्त्री, १० जना भन्दा धेरै पूर्वसचिवसहित ५५ जना र एक चिनियाँ निर्माण कम्पनी प्रतिवादी बनाइएका छन् ।

कसरी भयो भ्रष्टाचार ?

पोखरा विमानस्थल निर्माणमा कुल ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

अख्तियारकाअनुसार विमानस्थल बनाउन पहिले गरिएको कुल लागत रकम अस्वभाविक रुपमा वृद्धि गरेर भ्रष्टाचार गरिएको हो । जसलाई सार्वजनिक खरिद ऐन विपरित भएको अख्तियारको दाबी छ । विशेष अदालतमा दायर आरोप पत्रअनुसार विमास्नथल निर्माण गर्न १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर लागत स्वीकृत भएको थियो । जसमा १३ प्रतिशत भ्याट र ३ प्रतिशत कन्टिन्जेन्सी सहेत थियो । तर, चिनियाँ कम्पनीसँग निर्माण सम्झौता गर्दा विमानस्थलको निर्माण लागत २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलर पुयाइएको अख्तियारको दाबी छ । जसमा कुुल ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

आरोप पत्रअनुसार विमानस्थलको निर्माण लागत १४५ मिलियन अमेरिकी डलर कायम भइसकेको अवस्थामा भ्रष्टाचार गर्ने बदनियतका साथ लागत अनुमान २८७ मिलियन अमेरिकी डलर पुर्याएको थियो ।

यसका लागि आफै ठेक्का पाउन चिनियाँ निर्माण कम्पनी नियोजित रुपमा लागेको र लागत वृद्धि तथा सोही कम्पानीलाई ठेक्का दिलाउन नेपाल सरकार, प्राधिकरणका कर्मचारीहरु, इन्जिनियरिङ अध्यायन संस्थान पुुल्चोक लगायतका सबै मिलेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार को को छन् भ्रष्टाचारमा संलग्न ?

 रामकुमार श्रेष्ठ, तत्कालीन मन्त्री– संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति

भीम प्रसाद आचार्य, तत्कालीन मन्त्री – संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति

दीपक चन्द्र अमात्य, तत्कालीन मन्त्री – संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति

डा. रामशरण महत, तत्कालीन अर्थमन्त्री

सुशील घिमिरे, तत्कालीन सचिव–  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सुरेशमान श्रेष्ठ, तत्कालीन सचिव–  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सुमन प्रसाद शर्मा, तत्कालीन सचिव– अर्थ मन्त्रालय

भेषराज शर्मा, तत्कालीन सचिव– कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय

रञ्जन कृष्ण अर्याल, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

मोहनकृष्ण सापकोटा, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

लोक बहादुर खत्री, तत्कालीन सहसचिव–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा प्राधिकरण सञ्चालक सदस्य

मनरुप शाही, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण

ज्योति अधिकारी, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण

मनोज कार्की, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण

फुर्वा छिरिङ शेर्पा, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण

सुरेश आचार्य, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण

मदन खरेल, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण

मुक्तिनारायण पौडेल, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण

सूर्यप्रसाद आचार्य, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण

त्रिरत्न मानन्धर, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सदस्यसचिव– नेपाल नागरिक उड्डयन प्राधिकरण

रतीश चन्द्रलाल सुमन, तत्कालीन महानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्यसचिव – प्राधिकरण सञ्चालक समिति

सुमन कुमार श्रेष्ठ, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण

हरिबहादुर खड्का, तत्कालीन उपसचिव– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

रोशन चित्रकार, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण

ऋषिकेश शर्मा, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण

नारायण गिरी, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण

महेश कुमार बस्नेत, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण

बाबुराम पौडेल, तत्कालीन निर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण

अशोक कुमार सुवेदी, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण

मुरारी भण्डारी, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण

सुवर्णराज उपाध्याय, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण

प्रतापबाबु तिवारी, तत्कालीन निर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण

रुद्र प्रसाद फुयाल, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण

रामचन्द्र सुवेदी, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण

डा. रामकृष्ण तिमिल्सिना भन्ने डा. रामकृष्ण तिमल्सेना, तत्कालीन पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत

डा. पुरुषोत्तम डंगोल, तत्कालीन एयरपोर्ट इन्जिनियर

विनोदानन्द चौधरी भन्ने बिनोदानन्द चौधरी मैथिल बाहुन, सेवा निवृत्त निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

मुकुन्द प्रसाद भण्डारी, तत्कालीन निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

गंगासागर मान श्रेष्ठ, तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण

प्रदीप अधिकारी, तत्कालीन उपप्रबन्धक तथा हालका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

तत्कालीन प्राडा रबिन्द्रनाथ श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक

तत्कालीन उपप्राध्यापक सूर्य ज्ञवाली, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक

तत्कालीन उपप्राध्यापक सन्तोषकुमार श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक

हंसराज पाण्डेय, तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

डा. पुण्यराज शाक्य, तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

द्वारिका प्रसाद भट्टराई, तत्कालीन वरिष्ठ कानुन अधिकृत, नेपाल नागरिक उड्डयन प्राधिकरण

कुल प्रसाद सिम्खडा, तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण

मधुकुमार मरासिनी, तत्कालीन सहसचिव, अर्थ मन्त्रालय

लालबहादुर खत्री, तत्कालीन उपसचिव, अर्थ मन्त्रालय

कमल कुमार भट्टराई, तत्कालीन शाखा अधिकृत, अर्थ मन्त्रालय

प्रेम उपाध्याय भन्ने प्रेमनाथ उपाध्याय, तत्कालीन उपसचिव, अर्थ मन्त्रालय

स्व. पोष्टबहादुर बोगटी (को हकवाला राममाया बोगटी), मन्त्री– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अध्यक्ष– प्राधिकरण सञ्चालक समिति

ध्रुवदास भोछिभोया (को हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ), तत्कालीन उपनिर्देशक– नागरिक उड्डयन प्राधिकरण

चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र सोका मुख्य भई काम गर्ने व्यक्ति चेयरम्यान वाङ बो र रिजनल जनरल मेनेजर लिउ शेङचेङ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चुनावी घोषणापत्रका नाममा दलहरुले जनतालाई ढाट्ने काम गरेः धनश्याम भुसाल

चुनावी घोषणापत्रका नाममा दलहरुले जनतालाई ढाट्ने काम गरेः धनश्याम भुसाल

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भुसालले राजनीतिक दलमार्फत सत्तामा पुगेर राज्य कव्जा गर्ने नियतका साथ राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा नाममा जनतालाई ढाट्ने काम गरेको बताएका हुन ।
मासुभात पैसा जे दिएपनि खाइदिनुस् तर भोट घण्टीमा हाल्नुस्ः रवि लामिछाने

मासुभात पैसा जे दिएपनि खाइदिनुस् तर भोट घण्टीमा हाल्नुस्ः रवि लामिछाने

आफ्नो निर्वाचन क्षेत्रका मतदातासंगको भेटघाटका क्रममा उनले जनताबाट लुटेको पैसा भएकाले भासुभात दिए खाइदिँदा केही फरक नपर्ने बताएका हुन ।