नेभिगेशन
मुख्य समाचार

प्रहरी दम्पती झगडा: चार महिने छोराको हत्या, घाइते श्रीमतीको उपचार हुदैं

काठमाडौँ । काठमाडौँमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले सहोदर चार महिने छोराको हत्या गरेका छन् ।

काठमाडौँको सिनामंगलमा डेरा गरेर बस्दै आएका सहायक निरीक्षक पुष्कर कार्कीले आफ्नै चार महिने छोराको हत्या गरेका हुन । बिरामी छोराको उपचारको विषयलाई लिएर आइतबार दुई बुढाबुढीबीच बिवाद भएको थियो । सोही बिवादका कारण असई कार्कीले छोराको हत्या गरेका थिए ।

CG

हत्या गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । पक्राउ परेका कार्कीलाई हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका असई कार्कीको स्थायी घर सुदुरपश्चिमको डोटी रहेको खुल्न आएको छ । पक्राउपरेका कार्की दम्पती नेपाल प्रहरीमा कार्यरत रहेका छन् । पतिपत्नीबीचका झगडाबाट श्रीमती कृष्णा कुँवरलाई समेत चोट लागेको छ । उनलाई अहिले महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नैतिकताको कसीमा केपी ओली

नैतिकताको कसीमा केपी ओली

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाईले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । एकाइले पत्ता लगाएका कूल...
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...