नेभिगेशन
समाज

प्रहरी दम्पती झगडा: चार महिने छोराको हत्या, घाइते श्रीमतीको उपचार हुदैं

काठमाडौँ । काठमाडौँमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले सहोदर चार महिने छोराको हत्या गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको सिनामंगलमा डेरा गरेर बस्दै आएका सहायक निरीक्षक पुष्कर कार्कीले आफ्नै चार महिने छोराको हत्या गरेका हुन । बिरामी छोराको उपचारको विषयलाई लिएर आइतबार दुई बुढाबुढीबीच बिवाद भएको थियो । सोही बिवादका कारण असई कार्कीले छोराको हत्या गरेका थिए ।

Ncell
Extreme Energy

हत्या गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । पक्राउ परेका कार्कीलाई हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका असई कार्कीको स्थायी घर सुदुरपश्चिमको डोटी रहेको खुल्न आएको छ । पक्राउपरेका कार्की दम्पती नेपाल प्रहरीमा कार्यरत रहेका छन् । पतिपत्नीबीचका झगडाबाट श्रीमती कृष्णा कुँवरलाई समेत चोट लागेको छ । उनलाई अहिले महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...