नेभिगेशन
समाज

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । एनसेलका अनुसार जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब रु ६५ करोड बराबरको क्षति भएको थियो । अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताएका थिए ।

Extreme Energy
Everest cinsult

उनले एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको बताए । मन्त्री खरेलले भने, “मैले उहाँहरुलाई विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिए, उहाँहरुले नयाँ प्याकेज ल्याउँछौँ भन्नुभएको छ, त्यसबाहेक सगरमाथा आधार शिविर र केही दुर्गम स्थानमा टेलिकमको पहुँच बढाउने विषयमा उहाँहरुले आफ्नो योजना सुनाउनुभएको छ”,।

उनले एनसेलमा ठूलो क्षति भएको उल्लेख गर्दै सरकारबाट हुनसक्ने सहयोगका लागि तयार रहेको समेत बताए । एनसेलका अनुसार कम्पनीले जेनजीलाई लक्षित गरी प्याक सार्वजनिक गर्ने र मुलुकभरका १०० जना विद्यार्थीलाई रु एक करोड राशिको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी गरेको छ  ।

एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथमा क्षेत्रको गोखरसेपसम्म थप पाँचवटा टावर थप गरी ‘फोरजी’ सेवा विस्तार गर्न लागेको जानकारी गराइएको थियो । मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका केही समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताएका छन् ।

उनले भने, “केही नीतिगत समस्या छन्, केही विवादहरु पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ”,। एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अन्तरराष्ट्रिय स्तरको नभएको उल्लेख गर्दै सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले भने, “टेलिकम्युनिकेसन सेवा पछिल्लो समय मानिसका लागि अत्यावश्यक भइसकेको छ, त्यसैले सरकारले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ”, ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानलाई ट्रम्पको चेतावनीः ‘आज रात एउटा सम्पूर्ण सभ्यता समाप्त हुनेछ’

इरानलाई ट्रम्पको चेतावनीः ‘आज रात एउटा सम्पूर्ण सभ्यता समाप्त हुनेछ’

उनले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका हुन् ।
तत्काल गहुँको समर्थन मूल्य तोक्न सांसद् कठरियाद्वारा सरकारको ध्यानाकर्षण

तत्काल गहुँको समर्थन मूल्य तोक्न सांसद् कठरियाद्वारा सरकारको ध्यानाकर्षण

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बाल्ने क्रममा सांसद् चौधरीले अर्कौ बैठक बस्नु अघि सरकारले गहुँको समर्थन मूल्य तोकेको सुन्न पाउँनु पर्ने बताएकी हुन्।
नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न सांसद् तामाङद्वारा सरकारको ध्यानाकर्षण

नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न सांसद् तामाङद्वारा सरकारको ध्यानाकर्षण

सांसद् तामाङले भनिन्, ‘त्रिशुली नदि सहितका नदिहरूमा भइरहेको नदीजन्य सामग्रीको उत्खनन् अव्यवस्थित र अनियन्त्रित हुँदा वातावरणीय सन्तुलन विग्रँदै गएको छ भने स्थानीय जनतामा समेत प्रत्यक्ष असर परेको छ...
भूमिको समस्यालाई एक नम्बरमा राख्न सरकारसंग सांसद् कार्कीको माग

भूमिको समस्यालाई एक नम्बरमा राख्न सरकारसंग सांसद् कार्कीको माग

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सो कुरा बताएका हुन्। उनले एउटा घटना स्मरण गर्दै भने, ‘एक जना आमा हुनुहुन्छ । २०३५ सालमा १७ वर्षको हुँदा हजुरबबुा,...

भर्खरै