नेभिगेशन
मुख्य समाचार

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका थिए ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । एनसेलका अनुसार जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब रु ६५ करोड बराबरको क्षति भएको थियो । अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताएका थिए ।

CG

उनले एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको बताए । मन्त्री खरेलले भने, “मैले उहाँहरुलाई विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिए, उहाँहरुले नयाँ प्याकेज ल्याउँछौँ भन्नुभएको छ, त्यसबाहेक सगरमाथा आधार शिविर र केही दुर्गम स्थानमा टेलिकमको पहुँच बढाउने विषयमा उहाँहरुले आफ्नो योजना सुनाउनुभएको छ”,।

उनले एनसेलमा ठूलो क्षति भएको उल्लेख गर्दै सरकारबाट हुनसक्ने सहयोगका लागि तयार रहेको समेत बताए । एनसेलका अनुसार कम्पनीले जेनजीलाई लक्षित गरी प्याक सार्वजनिक गर्ने र मुलुकभरका १०० जना विद्यार्थीलाई रु एक करोड राशिको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी गरेको छ  ।

एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथमा क्षेत्रको गोखरसेपसम्म थप पाँचवटा टावर थप गरी ‘फोरजी’ सेवा विस्तार गर्न लागेको जानकारी गराइएको थियो । मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका केही समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताएका छन् ।

उनले भने, “केही नीतिगत समस्या छन्, केही विवादहरु पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ”,। एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अन्तरराष्ट्रिय स्तरको नभएको उल्लेख गर्दै सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले भने, “टेलिकम्युनिकेसन सेवा पछिल्लो समय मानिसका लागि अत्यावश्यक भइसकेको छ, त्यसैले सरकारले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ”, ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पार्टी व्यक्तिको निर्णयबाट चल्दा, जनताको बिचमा साँघुरिने अवस्था देखापर्योः उपाध्यक्ष पाण्डे

पार्टी व्यक्तिको निर्णयबाट चल्दा, जनताको बिचमा साँघुरिने अवस्था देखापर्योः उपाध्यक्ष पाण्डे

पार्टीको आसन्न महाधिवशेनका सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएका कारण एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने,...
जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

असोज २५ गते साँझा चौधरीको रामधुनी–२ स्थित शिवनगर–झुम्काको भित्री सडकमा सिटी सफारी चलाएर जानेक्रममा गोली हानी हत्या गरिएको थियो ।
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (सूचीसहित)

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (सूचीसहित)

गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख भए अनुसार मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप रहेको छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको...
श्रम संस्कृति पार्टीको काठमाडौंमा र्‍याली (तस्बिरहरु)

श्रम संस्कृति पार्टीको काठमाडौंमा र्‍याली (तस्बिरहरु)

श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला संगठन विस्तार र अध्यक्ष हर्क साम्पाङको सम्बोधनका लागि र्‍याली सुरु