नेभिगेशन
मुख्य समाचार

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (सूचीसहित)

काठमाडौँ । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा चार नेपालीको मृत्यु भएको छ । आगलागीमा परी २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने मध्ये चार नेपाली रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ । उनीहरु क्लबमा कर्मचारी थिए । आगलागीमा परी ६ जना घाइते भएकाद छन् । गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख भए अनुसार मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप रहेको छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।

शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो । नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको भारतीय अधिकारीले जनाएका छन् । 

CG

घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो सुरु भएको केही मिनेटमै पूरा संरचना जलेर नष्ट भएको थियो । आगोमा परेर ग्याँस सिलिण्डर पनि विष्फोट भएपछि भयावह भएको थियो ।

गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची 

चुर्ण बहादुर पुन — नेपाल
विवेक कटवाल — नेपाल
सबिन — नेपाल
सुदीप — नेपाल
मोहित— झारखण्ड
प्रदीप महतो— झारखण्ड
बिनोद महतो— झारखण्ड
सतीश सिंह — उत्तराखण्ड
सुरेन्द्र सिंह — उत्तराखण्ड
जितेन्द्र सिंह — उत्तराखण्ड
सुमित नेगी — उत्तराखण्ड
मनिश सिंह — उत्तराखण्ड
दिगम्बर पटिर — असम
राहुल तन्ती— असम
मनोजित माल — असम
सुनील कुमार — उत्तर प्रदेश
रोहन सिंह — उत्तर प्रदेश
डोमिनिक — महाराष्ट्र
मनोज जोरा — महाराष्ट्र
इसहाक — कर्नाटक
सुभास क्षेत्री— दार्जिलिङ, पश्चिम बंगाल
सरोज जोशी — दिल्ली
विनोद कुमार — दिल्ली
अनिता जोशी — दिल्ली
कमला जोशी — दिल्ली

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पार्टी व्यक्तिको निर्णयबाट चल्दा, जनताको बिचमा साँघुरिने अवस्था देखापर्योः उपाध्यक्ष पाण्डे

पार्टी व्यक्तिको निर्णयबाट चल्दा, जनताको बिचमा साँघुरिने अवस्था देखापर्योः उपाध्यक्ष पाण्डे

पार्टीको आसन्न महाधिवशेनका सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएका कारण एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने,...
जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

असोज २५ गते साँझा चौधरीको रामधुनी–२ स्थित शिवनगर–झुम्काको भित्री सडकमा सिटी सफारी चलाएर जानेक्रममा गोली हानी हत्या गरिएको थियो ।
श्रम संस्कृति पार्टीको काठमाडौंमा र्‍याली (तस्बिरहरु)

श्रम संस्कृति पार्टीको काठमाडौंमा र्‍याली (तस्बिरहरु)

श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला संगठन विस्तार र अध्यक्ष हर्क साम्पाङको सम्बोधनका लागि र्‍याली सुरु
“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

उक्त सौर्य परियोजना नेपालकै अग्रणी स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सहयोग उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट...