नेभिगेशन
समाज

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (सूचीसहित)

काठमाडौँ । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा चार नेपालीको मृत्यु भएको छ । आगलागीमा परी २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने मध्ये चार नेपाली रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ । उनीहरु क्लबमा कर्मचारी थिए । आगलागीमा परी ६ जना घाइते भएकाद छन् । गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख भए अनुसार मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप रहेको छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो । नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको भारतीय अधिकारीले जनाएका छन् । 

Ncell
Extreme Energy

घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो सुरु भएको केही मिनेटमै पूरा संरचना जलेर नष्ट भएको थियो । आगोमा परेर ग्याँस सिलिण्डर पनि विष्फोट भएपछि भयावह भएको थियो ।

गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची 

चुर्ण बहादुर पुन — नेपाल
विवेक कटवाल — नेपाल
सबिन — नेपाल
सुदीप — नेपाल
मोहित— झारखण्ड
प्रदीप महतो— झारखण्ड
बिनोद महतो— झारखण्ड
सतीश सिंह — उत्तराखण्ड
सुरेन्द्र सिंह — उत्तराखण्ड
जितेन्द्र सिंह — उत्तराखण्ड
सुमित नेगी — उत्तराखण्ड
मनिश सिंह — उत्तराखण्ड
दिगम्बर पटिर — असम
राहुल तन्ती— असम
मनोजित माल — असम
सुनील कुमार — उत्तर प्रदेश
रोहन सिंह — उत्तर प्रदेश
डोमिनिक — महाराष्ट्र
मनोज जोरा — महाराष्ट्र
इसहाक — कर्नाटक
सुभास क्षेत्री— दार्जिलिङ, पश्चिम बंगाल
सरोज जोशी — दिल्ली
विनोद कुमार — दिल्ली
अनिता जोशी — दिल्ली
कमला जोशी — दिल्ली

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...