नेभिगेशन
मुख्य समाचार

जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनियाका दिनेशकुमार चौधरीको गएको असोज २५ गते गोली हानी हत्या गरियो । चौधरी सिटी सफारी चलाउन्थे र यसैबाट उनको गुजारा चल्थ्यो ।

असोज २५ गते साँझा चौधरीको रामधुनी–२ स्थित शिवनगर–झुम्काको भित्री सडकमा सिटी सफारी चलाएर जानेक्रममा गोली हानी हत्या गरिएको थियो ।

CG

हत्याको करिब दुइ महिनापछि प्रहरीले हत्या आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ । हत्याका मुख्य योजनाकारसहित तीन जना अझै फरार रहेका र चौधरीको हत्या पहिले देखिनै योजनाबद्ध रहेको निष्कर्षमा प्रहरी अनुसन्धान पुगेको छ ।

प्रविधिको प्रयोग गर्दै छिमेकी र आफन्तको सहयतामा प्रहरी अपराधि सम्म पुग्न सफल भएको हो । पक्राउ परेका सात जनामाथि अदालतमा म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्याको कारण यस्तो ?
दिनेशकुमार दिनभर सिटी सफारी चलाउने गरेपनि गाउँलेहरुको माग र आवश्यकताका आधारमा गाउँमा धामीझाँक्रीको समेत कार्य गर्दै आइरहेका थिए ।

गाउँलेहरुले उनलाई सिटी सफारी चालकभन्दा पनि धामीझाँक्रीकै नामले चिन्ने गर्दथे । झाक्री भएकै कारण टुनामुना लगाएको निहुँमा चौधरीको हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

६–७ वर्ष पहिले छिमेकी शाह परिवारका आमा र छोरी बिरामी हुदा धामीझाँक्री गराउन चौधरीका घरमा जाने र कहीले काही दिनेशकुमार चौधरीलाई शाह परिवारले धामी देखाउन उनलाई घरमै बोलाउने गरेको थिए ।

तर, पछि आमा छोरीलाई झनझन बिरामी पर्न थालेपछि शाह परिवारले दिनेशकुमार चौधरीले नै टुनामुना लगाएको र आफ्नो परिवारलाई दुःख दिन थालेको भन्दै शाह परिवारले हत्याको सुपारी दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार सुनसरी रामधुनी नगरपालिका १ झुम्काका ४३ वर्षीय राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, वडा नम्बर ९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका– ५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी, सप्तरी राजविराज नगरपालिका– १६ का २८ वर्षीय अंकित साह र देवानगन्ज गाउँपालिका–५ का २५ वर्षीय मिथलेश यादव पक्राउ परेका हुन् ।

उनीहरुले नै दिनेशकुमार चौधरीको हत्याको सुपारी दिने मध्येकै भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा सुचना अधिकारी डिएसपी चन्द्र खड्काले जानकारी दिए ।


सुटरलाई तीन लाख एड्भान्स

दिनेशकुमार चौधरीको हत्या योजनाबद्ध तवरले भएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शाह परिवारले चौधरीको हत्यामा संलग्नसंग ६ लाख रुपैयाँमा हत्याको डिल गरेको थियो ।

शाह परिवारले पहिलो पटक अग्रीममा तीन लाख रुपैयाँ बुझाएको र हत्यापछि बाँकी तीन लाख दिने सर्तमा हत्यारासंग शाह परिवारको सम्झौता भएको अनुसन्धानबात खुलेको प्रहरीले जनाएको छ । चौधरीको हत्या घटनामा थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य फरारहरुको खोजि कार्यभइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले भने, ‘मृतक चौधरी सिटी सफारी बाहेक गाउँलेको आवश्यकता आधारमा धामीझाँक्रीको कार्य पनि गर्दै आइरहेका थिए । ६–७ वर्ष पहिलेको छिमेकी विवादले घटना भएको देखिन्छ । जादु टुनामुनाको अन्धविश्वासले शाह परिवारले चौधरीको ज्यान लिन सम्मको अपराधमा पुगेको देखिन्छ । यस विषयमा थप अनुसन्धान भइरहेकाले घटनाको विषयमा थप खुल्दै जाने छ ।’

प्रहरीको अनुसार हत्यामा संलग्न मध्ये पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको र घटनामा प्रयोग भएको हतियारको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।

भर्खरै