नेभिगेशन
समाज

जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनियाका दिनेशकुमार चौधरीको गएको असोज २५ गते गोली हानी हत्या गरियो । चौधरी सिटी सफारी चलाउन्थे र यसैबाट उनको गुजारा चल्थ्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असोज २५ गते साँझा चौधरीको रामधुनी–२ स्थित शिवनगर–झुम्काको भित्री सडकमा सिटी सफारी चलाएर जानेक्रममा गोली हानी हत्या गरिएको थियो ।

Ncell
Extreme Energy

हत्याको करिब दुइ महिनापछि प्रहरीले हत्या आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ । हत्याका मुख्य योजनाकारसहित तीन जना अझै फरार रहेका र चौधरीको हत्या पहिले देखिनै योजनाबद्ध रहेको निष्कर्षमा प्रहरी अनुसन्धान पुगेको छ ।

प्रविधिको प्रयोग गर्दै छिमेकी र आफन्तको सहयतामा प्रहरी अपराधि सम्म पुग्न सफल भएको हो । पक्राउ परेका सात जनामाथि अदालतमा म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्याको कारण यस्तो ?
दिनेशकुमार दिनभर सिटी सफारी चलाउने गरेपनि गाउँलेहरुको माग र आवश्यकताका आधारमा गाउँमा धामीझाँक्रीको समेत कार्य गर्दै आइरहेका थिए ।

गाउँलेहरुले उनलाई सिटी सफारी चालकभन्दा पनि धामीझाँक्रीकै नामले चिन्ने गर्दथे । झाक्री भएकै कारण टुनामुना लगाएको निहुँमा चौधरीको हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

६–७ वर्ष पहिले छिमेकी शाह परिवारका आमा र छोरी बिरामी हुदा धामीझाँक्री गराउन चौधरीका घरमा जाने र कहीले काही दिनेशकुमार चौधरीलाई शाह परिवारले धामी देखाउन उनलाई घरमै बोलाउने गरेको थिए ।

तर, पछि आमा छोरीलाई झनझन बिरामी पर्न थालेपछि शाह परिवारले दिनेशकुमार चौधरीले नै टुनामुना लगाएको र आफ्नो परिवारलाई दुःख दिन थालेको भन्दै शाह परिवारले हत्याको सुपारी दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार सुनसरी रामधुनी नगरपालिका १ झुम्काका ४३ वर्षीय राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, वडा नम्बर ९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका– ५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी, सप्तरी राजविराज नगरपालिका– १६ का २८ वर्षीय अंकित साह र देवानगन्ज गाउँपालिका–५ का २५ वर्षीय मिथलेश यादव पक्राउ परेका हुन् ।

उनीहरुले नै दिनेशकुमार चौधरीको हत्याको सुपारी दिने मध्येकै भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा सुचना अधिकारी डिएसपी चन्द्र खड्काले जानकारी दिए ।


सुटरलाई तीन लाख एड्भान्स

दिनेशकुमार चौधरीको हत्या योजनाबद्ध तवरले भएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शाह परिवारले चौधरीको हत्यामा संलग्नसंग ६ लाख रुपैयाँमा हत्याको डिल गरेको थियो ।

शाह परिवारले पहिलो पटक अग्रीममा तीन लाख रुपैयाँ बुझाएको र हत्यापछि बाँकी तीन लाख दिने सर्तमा हत्यारासंग शाह परिवारको सम्झौता भएको अनुसन्धानबात खुलेको प्रहरीले जनाएको छ । चौधरीको हत्या घटनामा थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य फरारहरुको खोजि कार्यभइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले भने, ‘मृतक चौधरी सिटी सफारी बाहेक गाउँलेको आवश्यकता आधारमा धामीझाँक्रीको कार्य पनि गर्दै आइरहेका थिए । ६–७ वर्ष पहिलेको छिमेकी विवादले घटना भएको देखिन्छ । जादु टुनामुनाको अन्धविश्वासले शाह परिवारले चौधरीको ज्यान लिन सम्मको अपराधमा पुगेको देखिन्छ । यस विषयमा थप अनुसन्धान भइरहेकाले घटनाको विषयमा थप खुल्दै जाने छ ।’

प्रहरीको अनुसार हत्यामा संलग्न मध्ये पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको र घटनामा प्रयोग भएको हतियारको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...