नेभिगेशन
समाज

पार्टी व्यक्तिको निर्णयबाट चल्दा, जनताको बिचमा साँघुरिने अवस्था देखापर्योः उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केहि व्यक्तिको निर्णयबाट चल्ने स्थीतिमा पुराउदा जनताको बिचमा साँघुरिने अवस्था देखापरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको आसन्न महाधिवशेनका सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएका कारण एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखापरेको बताएका हुन ।

Ncell
Extreme Energy

उनले पार्टीको वर्तमान परिस्थीतिलाई बदल्न सक्नुपर्नेमा जोड दिए । उनले पार्टीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने गरि कानूनी व्यवस्था नै गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

महाधिवेशनका क्रममा पार्टीभित्रको कमीकमजोरीमाथि समिक्षा गर्दै नेतृत्व फेर्न लोकतान्त्रिक विधिलाई प्रयोग गर्ने उनले बताए । पाण्डेले एमालेको ईश्वर पोखरेल समूहभित्र कुनै वादविवाद नरहेकाले सहज ढंगले उपयुक्त समयमा पोखरेल समूहको पदाधिकारीको टुङ्गो लगाउने दावी गरे ।

त्यस्तै एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीलाई सामुहिकतामा अघि बढाउन ईश्वर पोखरेलको नेतृत्वमा अघि बढेको भन्दै पार्टीभित्रको अवस्थामा बारेमा बस्तुगत जानकारी रहेको बताए ।

उनले पार्टीको नेतृत्वका लागि अघि बढ्दा देखापर्ने सवै चूनौति सामना गर्न तयार रहेको उल्लेख गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीलाई बद्नाम गर्ने कोशिस भए प्रतिवाद गर्ने भन्दै उहाले महाधिवेशनमा नेतृत्व चयन गर्ने आफुहरुको लोकतान्त्रीक अधिकार भएको जिकिर गरेका थिए ।

ज्ञवालीले महाविधेशनमा आफ्नो पक्षको जित सुनिश्चित भएको दावी गरेका थिए । उनले आफुहरु एमाले छाडेर कतै नजाने भन्दै अरु दलका नेताहरुलाई समेत एमालेमा आउन आह्वान गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...