नेभिगेशन
मुख्य समाचार

पार्टी व्यक्तिको निर्णयबाट चल्दा, जनताको बिचमा साँघुरिने अवस्था देखापर्योः उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केहि व्यक्तिको निर्णयबाट चल्ने स्थीतिमा पुराउदा जनताको बिचमा साँघुरिने अवस्था देखापरेको बताएका छन् ।

पार्टीको आसन्न महाधिवशेनका सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएका कारण एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखापरेको बताएका हुन ।

CG

उनले पार्टीको वर्तमान परिस्थीतिलाई बदल्न सक्नुपर्नेमा जोड दिए । उनले पार्टीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने गरि कानूनी व्यवस्था नै गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

महाधिवेशनका क्रममा पार्टीभित्रको कमीकमजोरीमाथि समिक्षा गर्दै नेतृत्व फेर्न लोकतान्त्रिक विधिलाई प्रयोग गर्ने उनले बताए । पाण्डेले एमालेको ईश्वर पोखरेल समूहभित्र कुनै वादविवाद नरहेकाले सहज ढंगले उपयुक्त समयमा पोखरेल समूहको पदाधिकारीको टुङ्गो लगाउने दावी गरे ।

त्यस्तै एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीलाई सामुहिकतामा अघि बढाउन ईश्वर पोखरेलको नेतृत्वमा अघि बढेको भन्दै पार्टीभित्रको अवस्थामा बारेमा बस्तुगत जानकारी रहेको बताए ।

उनले पार्टीको नेतृत्वका लागि अघि बढ्दा देखापर्ने सवै चूनौति सामना गर्न तयार रहेको उल्लेख गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीलाई बद्नाम गर्ने कोशिस भए प्रतिवाद गर्ने भन्दै उहाले महाधिवेशनमा नेतृत्व चयन गर्ने आफुहरुको लोकतान्त्रीक अधिकार भएको जिकिर गरेका थिए ।

ज्ञवालीले महाविधेशनमा आफ्नो पक्षको जित सुनिश्चित भएको दावी गरेका थिए । उनले आफुहरु एमाले छाडेर कतै नजाने भन्दै अरु दलका नेताहरुलाई समेत एमालेमा आउन आह्वान गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले महाधिवेशन तयारीबारे छलफल

एमाले महाधिवेशन तयारीबारे छलफल

ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरेको सङ्गठन विभाग...
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

सोमबार ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ८३ हजार २७३ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार...
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा नेताहरुको जोड

एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा नेताहरुको जोड

महाधिवेशनका सन्दर्भमा सोमबार आयोजित अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको योगदानलाई सम्मान गर्दै पार्टीलाई थप लोकतान्त्रिक र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए ।...
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।