नेभिगेशन
समाज

एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा नेताहरुको जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्नेमा सो पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत नेताहरुले जोड दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनका सन्दर्भमा सोमबार आयोजित अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको योगदानलाई सम्मान गर्दै पार्टीलाई थप लोकतान्त्रिक र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए ।

Ncell
Extreme Energy

अर्का उपाध्यक्ष पाण्डेले आफहूहरुका तर्फबाट महाधिवेशनमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा उम्मेदवार बन्ने र अन्य पदाधिकारीको उम्मेदवारीबारे सरसल्लाह भइरहेको जानकारी दिए । पार्टीका स्थायी कमिटीका सदस्य कर्ण थापाले पार्टीलाई व्यक्तिवादी र एकाधिकारवादी सोचबाट अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक भएको तथा विधानबाट दुईवर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउन नहुने कुरा व्यक्त गरे ।

नेताहरु परशुराम मेघी गुरुङ र विनोद ढकालले पनि पार्टीभित्र जनताको बहुदलीय जनवादको मान्यताबमोजिम अन्तरपार्टी लोकतन्त्रलाई स्थापित गर्न माग गरेका थिए । एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँ उपत्यकामा हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामान्य प्रशासन मन्त्री रावलले उल्ट्याइन कांग्रेस/एमालेको निर्णय, कर्मचारी वृत्तमा  खुसियाली

सामान्य प्रशासन मन्त्री रावलले उल्ट्याइन कांग्रेस/एमालेको निर्णय, कर्मचारी वृत्तमा  खुसियाली

मन्त्री रावलले संघीय निजामती सेवा विधेयक, २०८३ मा सेवा प्रवेशको उमेर पुरुष ३५ वर्ष र महिला ४० वर्ष नकटेको हुनुपर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिएकी हुन् । यसअघि कांग्रेस...
हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

उनले गैर–वैधानिक कदमहरूले काङ्ग्रेसलाई कमजोर बनाउने दुष्प्रयास मात्र गर्ने भएकाले सत्य र नीतिको बाटोमा हिड्नुपर्ने धारणा राखे । आफुहरुले गर्ने महाधिवेशन नै आधिकारीक भएको उनको भनाइ छ ।
पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताए ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...