नेभिगेशन
समाज

एमाले उपाध्यक्ष पोखरेलले महासचिवलाई बुझाए ४० पृष्ठ लामो अवधारणा पत्र

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनमा छलफलका लागि छुट्टै अवधारणा पत्र पार्टी कार्यालयमा बुझाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार च्यासलस्थीत पार्टी कार्यालय पुगेर पोखरेलले ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका हुन । पोखरेलको अवधारणापत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्ने अवस्था सिर्जना हुन नदिने, उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूतिको सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

Ncell
Extreme Energy

नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्नेमा उनले जोड दिएका छन् भने सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखिएको समेत अवधारणापत्रमा उल्लेख छ ।

त्यस्तै उनले पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिंदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्ने भएकाले पार्टी काममा फर्कने बातावरण निर्माण गरिनुपर्नेमा जोड दिए ।

पार्टी कार्यालयमा अवधारणा पत्र बुझाएपछि बरिष्ठ उपाध्यक्ष पोखरेलले आफुले राखेका बिषय पार्टीको महाधिवेशनमा छलफल हुने दस्तावेजमा समिटिने विश्वास व्यक्त गरे । विधिसम्मत रुपमा पार्टीको नेतृत्व चयन हुने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

उनले महाधिवेशन प्रतिनिधि छनोटमा अस्वस्थ प्रतिष्पर्धा हुदा केहि स्थामा समस्या देखिएपछि अध्यक्षसंगको छलफलपछि समाधान भइसकेको बताए । त्यसैगरि पोखरेलले आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्ने, पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागू गरिनुपर्ने,  संगठनमा स्वायत्तता को नीतिअनुरुप जनसंगठनलाई परिचालित गरिनुपर्ने लगाएतका बिषय अवधारणापत्रमा उल्लेख गरेका छन् ।

पार्टीलाई लोकतान्त्रिक बिधिद्वारा निर्देशित सामूहिक नेतृत्व, वैज्ञानिक विधि र पद्धतिबाट सञ्चालित भएको संगठित शक्तिको रुपमा विकास गर्नका लागि एकताबद्ध हुन समेत उहाले आह्वान गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामान्य प्रशासन मन्त्री रावलले उल्ट्याइन कांग्रेस/एमालेको निर्णय, कर्मचारी वृत्तमा  खुसियाली

सामान्य प्रशासन मन्त्री रावलले उल्ट्याइन कांग्रेस/एमालेको निर्णय, कर्मचारी वृत्तमा  खुसियाली

मन्त्री रावलले संघीय निजामती सेवा विधेयक, २०८३ मा सेवा प्रवेशको उमेर पुरुष ३५ वर्ष र महिला ४० वर्ष नकटेको हुनुपर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिएकी हुन् । यसअघि कांग्रेस...
हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

उनले गैर–वैधानिक कदमहरूले काङ्ग्रेसलाई कमजोर बनाउने दुष्प्रयास मात्र गर्ने भएकाले सत्य र नीतिको बाटोमा हिड्नुपर्ने धारणा राखे । आफुहरुले गर्ने महाधिवेशन नै आधिकारीक भएको उनको भनाइ छ ।
पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताए ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...