नेभिगेशन
मुख्य समाचार

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार गरेको शिष्टाचार भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

CG

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन । भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनस्र्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए । सो क्रममा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरेका थिए ।

सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैधवस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
थाइल्यान्ड–कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

थाइल्यान्ड–कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

कम्बोडियाको संघिय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडिया भित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउदै घटनाको पुष्टि गर्नु भएको छ ।
यस्ता छन् मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

यस्ता छन् मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

मंगलबार सिंहदरबारमा मंसिर २२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन गर्न दिपक...
एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । प्रतियोगिताको फाइनल यही मङ्सिर २७ गते हुनेछ । साथै आज पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ...
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

मंगलबार ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ७५ करोड ५० लाख २७ हजार...