नेभिगेशन
मुख्य समाचार

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

गुल्मी । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट भ्याटसहित रु १४ करोड १७ लाख १३ हजार ९३७ लागतमा तीन वर्षअघि निर्माण सुरु गरिएको थियो ।

CG

सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका–४ स्थित अर्खलेमा निर्माणाधीन उक्त सभाहल जिल्लाकै ठूलो र अत्याधुनिक बन्न लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर घनश्याम यादवकाअनुसार निर्माणाधीन सभाहलको हालसम्म ७५ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तिय प्रगति भएको छ ।

सभाहल निर्माणको जिम्मा विसं २०७९ कात्तिक २७ गते डिएनडी सत्तेश्वर–याकेट जेभीले लिएको थियो । तोकिएको समयमा काम सम्पन्न नगरेपछि २०८२ चैत मसान्तसम्म म्याद थप गरिएको इञ्जिनियर यादवले बताए ।

उनले यसअघि विभिन्न समस्याका कारण सभाहल निर्माणमा ढिलाइ हुँदा म्याद थप गर्नुपरेको बताएका थिए । आगामी चैत मसान्तसम्म सभाहल निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने गरी काममा तीव्रता दिन निर्माण व्यवसायीलाई आयोजना कार्यालयले ताकेता गरिरहेको छ ।

पाँच रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त सभाहल दुई तलासहित अग्नी नियन्त्रण, भूकम्प प्रतिरोधि, अत्याधुनिक कोठा, गार्डेन, पार्किङ र दुई वटा हल गरी आधुनिक किसिमबाट निर्माण हुन लागेको हो ।

सभाहलमा एकातिर १०८ जना क्षमताको बहुउद्देश्यीय र अर्कोतिर ४३२ जना क्षमताको मुख्य हल गरी कूल ५४० जना क्षमताको हुने जनाइएको छ । सभाहलको सजावटसँगै फर्निचर व्यवस्थापन, गार्डेन र कम्पाउण्ड निर्माण भइरहेको निर्माण व्यवसायी धनिश्वर गौतमले जानकारी दिए । उनले निर्माणको काममा तीव्रता दिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्यः एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्यः एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

एमाले महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उपाध्यक्ष शाक्यले पार्टीको वर्तमान नेतृत्वका कारण कम्युनिष्ट आन्दोनलका साथै पार्टीको विचार कमजोर हुँदै गएको भन्दै अब पार्टीलाई सशक्त रुपमा अघि बढाउन...
थाइल्यान्ड–कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

थाइल्यान्ड–कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

कम्बोडियाको संघिय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडिया भित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउदै घटनाको पुष्टि गर्नु भएको छ ।
यस्ता छन् मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

यस्ता छन् मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

मंगलबार सिंहदरबारमा मंसिर २२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन गर्न दिपक...
एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । प्रतियोगिताको फाइनल यही मङ्सिर २७ गते हुनेछ । साथै आज पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ...