नेभिगेशन
समाज

यस्ता छन् मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

काठमाडौँ । सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन गर्न जाँचबुझ आयोग गठन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सिंहदरबारमा मंसिर २२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन गर्न दिपक सुवेदीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए । जाँचबुझ आयोगको सदस्यमा शरद अधिकारी र योगेन्द्र नाथ कर्माचार्य रहेका छन् । 

Ncell
Extreme Energy

त्यसैगरि कोलम्बो प्लानको नवौँ महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने, नेपाल र मोरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने र सिंचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले बताए । 

मन्त्रिपरिषद्ले सन १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको पहिलो एसियाली एथलेटिक्स च्याम्पिनसिपमा कास्य पदक हासिल गरि नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउने पूर्व म्याराथन धावक एवं ओलम्पियन जीत बहादुर केसीलाई सम्मान स्वरुप नगद २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको छ ।

gfdfdgbr-1765275863.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

उनले गैर–वैधानिक कदमहरूले काङ्ग्रेसलाई कमजोर बनाउने दुष्प्रयास मात्र गर्ने भएकाले सत्य र नीतिको बाटोमा हिड्नुपर्ने धारणा राखे । आफुहरुले गर्ने महाधिवेशन नै आधिकारीक भएको उनको भनाइ छ ।
पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताए ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन् ।