नेभिगेशन
मुख्य समाचार

पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्यः एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएकी छिन् । 

एमाले महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उपाध्यक्ष शाक्यले पार्टीको वर्तमान नेतृत्वका कारण कम्युनिष्ट आन्दोनलका साथै पार्टीको विचार कमजोर हुँदै गएको भन्दै अब पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएकी हुन् । 

CG

नेतृत्वमा बसेकाले आफ्नो व्यवहार र शैलीमा रुपान्तरण गर्नुपर्नेमा अहिलेसम्म त्यस्तोे अनुभव गर्न नपाएको उनले बताइन् । उनले अहिलको नेतृत्वसँग परिर्वतनको सोच नै नभएकाले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि लैजान नसक्ने भएकाले महाधिवेशनमार्फत ईश्वर पोखरेलको नेतृत्वमा पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउनुपर्ने धारणा राखिन् । 

विचारका हिसाबले, व्यवहारिक हिसाबले अब ईश्वर पोखरेललाई नै अघि सार्नुको विकल्प नभएको उनको भनाइ छ । त्यस्तै शाक्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केपी ओलीले गरेको टिप्पणी आपत्तिजनक भएको बताइन् । एउटा पूर्व राष्ट्रपतिलाई धामी, झाँक्री भन्दै अपमान गरेको भन्दै उहाले महिलालाइ सम्मान गर्न नसक्ने नेतृत्व पार्टीलाई आवश्यक नरहेको जिकिर गरिन् । 

त्यस्तै एमाले नेतृहरु विन्दा पाण्डे, उषाकिरण तिम्सेना, शर्मिला कार्की लगाएतले पार्टीमा सम्मानजनक रुपमा नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै सहमति नभए लोकतान्त्रीक पद्धती अनुसार नेतृत्व चयन गर्नुपर्ने जनाएका थिए । साथै उनीहरुले महाधिवेशनका लागि प्रतिनिधि चयन भइसकेको अवस्थामा विधान संशोधन हुनैनसक्नले समेत धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ । सिंहदरबारस्थित  नेपाली सेनाको नर्सिङ दल गणको खाली...
सिंहदरबारमा प्रधानमन्त्री कार्की र सुधन गुरुङबीच भेटवार्ता

सिंहदरबारमा प्रधानमन्त्री कार्की र सुधन गुरुङबीच भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एनपीएलः सुदुरपश्चिमद्वारा विराटनगरलाई १५६ रनको लक्ष्य

एनपीएलः सुदुरपश्चिमद्वारा विराटनगरलाई १५६ रनको लक्ष्य

सुदुरपश्चिमले ७ विकेतको क्षतिमा निर्धारित ओभर खेल्दै एक सय ५५ रन बनाएको हो । सुदुरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाएका छन् । उनले ५२ बल खेल्दै...
जेनजी आन्दोलनको दुई दिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भयोः राजेन्द्र लिङ्देन

जेनजी आन्दोलनको दुई दिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भयोः राजेन्द्र लिङ्देन

मंगलबार काठमाडौँमा पार्टीले आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलनको म्याण्डेड बिपरित गएर पुरानै व्यवस्था र प्रणालीमा निर्वाचनको मिति तोकेर आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरि...