नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनको दुई दिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भयोः राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरी अर्को प्रतिगमन भएको बताएका छन् । 

मंगलबार काठमाडौँमा पार्टीले आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलनको म्याण्डेड बिपरित गएर पुरानै व्यवस्था र प्रणालीमा निर्वाचनको मिति तोकेर आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका हुन् । 

CG

नयाँ निर्वाचन प्रणाली र शासकीय प्रणालीका साथै संवैधानिक अंगको नियुक्ति प्रक्रिया लगाएत जेनजी आन्दोलनका मागलाई सम्बोधन नगरेसम्म व्यक्ति परिवर्तन भएपनि मुलुकलाइ अघि बढाउन नसकिने उनले बताए । अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था अन्तर्गत निर्वाचन गराउनु भनेको समस्याको समधान नभएको जिकिर गरे । 

उनले मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिनका लागि राजा, राजनीतिक दल र जेनजी पुस्तासहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न आग्रह गरे । देशले यो भन्दा ठूलो द्वन्द्व बेहोर्न नसक्ने भन्दै लिङ्देनले सबै प्रकारका आग्रह, पूर्वाग्रह र अहंकार त्यागेर नविनतम सम्झौता हुनुपर्नेमा जोड दिए । 

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था गरेर जानुको बिकल्प नरहेको दावी गरे । सबैकुरा मिलाएर जान सके पाँच बर्षभित्र देशमा आमूल परिवर्तन हुने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ । सिंहदरबारस्थित  नेपाली सेनाको नर्सिङ दल गणको खाली...
सिंहदरबारमा प्रधानमन्त्री कार्की र सुधन गुरुङबीच भेटवार्ता

सिंहदरबारमा प्रधानमन्त्री कार्की र सुधन गुरुङबीच भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एनपीएलः सुदुरपश्चिमद्वारा विराटनगरलाई १५६ रनको लक्ष्य

एनपीएलः सुदुरपश्चिमद्वारा विराटनगरलाई १५६ रनको लक्ष्य

सुदुरपश्चिमले ७ विकेतको क्षतिमा निर्धारित ओभर खेल्दै एक सय ५५ रन बनाएको हो । सुदुरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाएका छन् । उनले ५२ बल खेल्दै...
पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्यः एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्यः एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

एमाले महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उपाध्यक्ष शाक्यले पार्टीको वर्तमान नेतृत्वका कारण कम्युनिष्ट आन्दोनलका साथै पार्टीको विचार कमजोर हुँदै गएको भन्दै अब पार्टीलाई सशक्त रुपमा अघि बढाउन...