नेभिगेशन
समाज

जेनजी आन्दोलनको दुई दिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भयोः राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरी अर्को प्रतिगमन भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौँमा पार्टीले आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलनको म्याण्डेड बिपरित गएर पुरानै व्यवस्था र प्रणालीमा निर्वाचनको मिति तोकेर आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका हुन् । 

Ncell
Extreme Energy

नयाँ निर्वाचन प्रणाली र शासकीय प्रणालीका साथै संवैधानिक अंगको नियुक्ति प्रक्रिया लगाएत जेनजी आन्दोलनका मागलाई सम्बोधन नगरेसम्म व्यक्ति परिवर्तन भएपनि मुलुकलाइ अघि बढाउन नसकिने उनले बताए । अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था अन्तर्गत निर्वाचन गराउनु भनेको समस्याको समधान नभएको जिकिर गरे । 

उनले मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिनका लागि राजा, राजनीतिक दल र जेनजी पुस्तासहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न आग्रह गरे । देशले यो भन्दा ठूलो द्वन्द्व बेहोर्न नसक्ने भन्दै लिङ्देनले सबै प्रकारका आग्रह, पूर्वाग्रह र अहंकार त्यागेर नविनतम सम्झौता हुनुपर्नेमा जोड दिए । 

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था गरेर जानुको बिकल्प नरहेको दावी गरे । सबैकुरा मिलाएर जान सके पाँच बर्षभित्र देशमा आमूल परिवर्तन हुने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

उनले गैर–वैधानिक कदमहरूले काङ्ग्रेसलाई कमजोर बनाउने दुष्प्रयास मात्र गर्ने भएकाले सत्य र नीतिको बाटोमा हिड्नुपर्ने धारणा राखे । आफुहरुले गर्ने महाधिवेशन नै आधिकारीक भएको उनको भनाइ छ ।
पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताए ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन् ।