नेभिगेशन
समाज

वृद्ध छिमेकीको क्रुर अपराध : बलात्कारपछि बालिकाको हत्या गरे, हत्यारा खोज्न प्रहरीसँगै हिँडे

मोरङ । कत्तिक ७ गते, दिउँसोको करिब १ बजेको थियो । मोरङको लेटाङ नगरपालिका २ बेलबारी स्थित चिसाङ साझेदारी बनमा स्थानीय घाँस काट्न गएका थिए । त्यो दिन अन्य दिनमा घाँस काट्न गएको जस्तो सामान्य दिन बनेन । जंगलमा उनीहरुले जे देखे त्यसले उनीहरुको होसहवास उडायो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले सडेगलेको, कम्मर भन्दा तल र टाउको मात्र बाँकी रहेको र बिचको भाग कुहिइसकेको अवस्थामा शव देखे । त्यो पनि निकै कम उमेरको बालबालिकाको ।  उनीहरुले तत्काल गाउँका अन्य मान्छे र प्रहरीलाई खबर गरे । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय लेटाङको सोको सहितको टोली र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरिक्षक कबित कटवालको प्रहरी टोली घटनास्थल पुग्यो । 

Ncell
Extreme Energy

प्रहरीले घटनास्थलको मुचुल्का संकलन गर्यो । उक्त शव कलिलो उमेरको बालिकाको जस्तो देखिन्थ्यो । प्रहरीले कार्यालयमा दर्ता भएका मिसिङ केसका निवेदकहरुको खोजी गर्यो । असोज २२ गते लेटाङ नगरपालिका वडा नम्बर २ फडानी बस्ने नविन गौतमले आफ्नी १२ वर्षकी छोरी अंशु गौतम हराएको भन्दै खोजीका लागि इलाका प्रहरी कार्यालय लेटाङमा हुलिया सहितको निवेदन दिएका थिए । 

उक्त निवेदनपछि प्रहरीले सबै कार्यालयमा सर्कुलर गरेको थियो भने स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा जंगलमा सर्च अपरेसन समेत चलाएको थियो । तर बालिका भेटिइनन् । प्रहरीले सोधपुछ तथा अनुसन्धानका अन्य गतिबिधिहरु भने जारी राखेको थियो । सोही क्रममा अंशु गौतमकै हुलियासँग मिल्ने शव भेटेपछि प्रहरीले अंशुका बाबु नविन गौतमलाई बोलायो । घटनास्थलमा फेला परेको चप्पल, कालो हाफप्यान्ट र कालो घडीको सहायतामा नविनले उक्त शव आफ्नी छोरी अंशुकै भनी सनाखत गरे । 

आफ्नी १२ वर्षकी छोरीको शव यो अवस्थामा देख्दा र कपडा तथा अन्य सामग्रीको आधारमा छोरीको पहिचान गर्नुपर्दा एउटा बाबु र परिवारका सदस्यमा के बित्यो होला त्यसको अनुमान जो कोही गर्नै सक्दैन । तैपनि सम्हालिनुको विकल्प थिएन । 

शवको सनाखतपछि सडेगलेको शवका अंगहरु संकलन गरी पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइयो । यसअघिसम्म हराएको सूचीमा राखिएको अंशुको हत्या सम्बन्धमा अनुसन्धान सुरु भयो । 
तर अनुसन्धान सहज थिएन । अंशु हराएकी थिइन् असोज २१ गते । उनी हराएको उजुरी परेको थियो असोज २२ गते र शव भेटिएको थियो कात्तिक ७ गते । अर्थात अंशु हराएको १७ दिनपछि शव भेटिएको थियो । त्यो पनि कुहिएको अवस्थामा । 

प्रहरीले शव भेटिएको भोलिपल्ट अर्थात कात्तिक ८ गतेबाट जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरिक्षकको नेतृत्वमा ५ सदस्सीय टोली बनाएर अनुसन्धान सुरु गर्यो । घटना जटिल र संवेदनशिल भएका कारण ‘अपरेसन जाग’ नामाकरण गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा अनुसन्धान गरे । यता पोष्टमार्टम रिपोर्टमा मृत्यु भएकी बालिकाको उमेर १२ देखि १४ वर्षको रहेको र उनको तीन साताअघि नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आयो । 

यो बेलासम्म यो घटना अर्को निर्मला प्रकरण बन्ने त होइन भन्ने आशंका सुरु भईसकेको थियो । किनकी लामो समयसम्म प्रहरीले हत्याराबारे कुनै क्लु फेला पार्न सकेको थिएन । प्रहरीले घर, परिवार, छिमेक, विद्यालय, झैझगडा, रिसिबी लगायतलाई केन्द्रमा राखेर अनुसन्धान सुरु गर्यो । फरेसिन्क इभिडेन्स र संभावित क्षेत्रको सीसीटीभी फुटेजको सुक्ष्म प्राविधिक विश्लेषण गर्यो । त्यतिमात्र होइन वनमा घाँस दाउरा गर्न जाने सम्पूर्ण मानिसहरुको सोधपुछ तथा सुक्ष्म अनुसन्धान गर्यो, घर वरपरका मानिसहरुसँग सोधपुछ गर्यो, घटना पश्चात गाउँ छोडेका सबै मानिसहरुसँग सोधपुछ गर्यो, कम्यूनीटी प्रोफाइलिङदेखि क्राइम सिन रिकन्स्ट्रक्सन लगायत हरेक कोणबाट अनुसन्धान गर्यो । अनुसन्धानको क्रममा प्रहरीले ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गर्यो । ४५ जना व्यक्तिहरुको त लिखित कागज नै गरेको छ । 

गाउँ छोडेर जानेहरुको बारेमा अनुसन्धान गर्दै गर्दा प्रहरीले एक व्यक्तिलाई नोटिसमा राखेको थियो । ति व्यक्ति अंशुको शव भेटिएको केही दिनपछि मात्रै गाउँ छोडेर हिँडेका थिए । प्रहरीले नोटिसमा राखेका ति व्यक्ति परिवारका सदस्यसँग सल्लाह नगरी इण्डिया गएका थिए । प्रहरीले परिवारका सदस्यलाई प्रयोग गरी उनलाई नेपाल बोलाएको थियो । उनलाई प्रहरीले मंसिर १९ गते पक्राउ गर्यो । 

जब प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ तथा उनका शंकास्पद गतिबिधिबारे क्रस कोइसन गरे त्यसपछि ति व्यक्ति गल्न थाले र आफूले नै हत्या गरेको स्वीकार गरे । ति व्यक्ति अरु कोही नभएर अंशुकै छिमेकी पदम बहादुर अधिकारी थिए । 

पदमले दिएको बयान अनुसार असोज २१ गते दिउँसो बालिका अंशु गौतमलाई निजको साथी युरिका महतरासँग स्कुल नजिकै खेलिरहेको अवस्थामा फेला पारेका थिए । त्यसपछि पदमले युरिकालाई ५ रुपैयाँ दिएर उनको दिदी खोज्न पठाए । त्यहाँ अंशु र पदम मात्रै भए । त्यसपछि आफूले अंशुसँग घाँस काटिदिन सहयोग मागेको पदमले बयानमा बताएका छन् । अंशुले हुन्छ भनेपछि पदम साइकलमा जंगलतिर गए ।

उनले अंशुलाई हिड्दै जंगलको छेउसम्म आउन भने । अंशु हिँड्दै जंगलको छेउ पुगिन् । त्यसपछि पदमले अंशुलाई साइकलमा राखी ४ किलोमिटर भित्र जंगलमा लगेर बलात्कार गरे । त्यसपछि उनले अंशुको घाँटी थिचेर हत्या गरे । अंशुको मृत्यु भईसकेपछि पनि उनले आफ्नो हातमा रहेको हँसियाले अंशुको घाँटी समेत काटे । 

अनुसन्धानको हरेक क्रियाकलापमा उनले सहयोग गरेजस्तो नै गरिरहेका थिए । तर, जब अनुसन्धान आफूतिर पनि हुने चाल पाए त्यसपछि कात्तिक १९ गते उनी घर छोडेर हिँडेका थिए । परिवारका अन्य सदस्यसँग खासै सल्लाह नगरी छोरालाई मात्रै भनेर घरबाट निस्केका थिए । परिवारका अन्य सदस्यसँग खासै सल्लाह नगरी हिँडेपछि प्रहरीलाई उनमिाथि शंका बढेको थियो । 

उनलाई बोलाउन प्रहरीले परिवारको प्रयोग गरेको थियो । उनी नआए उनलाई पक्राउ गर्न भारतको मेघालय जाने प्रहरीले तयारी गरेको थियो । तर, प्रहरी भारत जानु परेन । उनी आफैँ १८ गते घर आए र १९ गते प्रहरीले नियन्त्रणमा लियो । प्रहरीका अनुसार यौन आकांक्षा, पारिवारिक विवाद र बदलाको भावनाका कारण अंशुको हत्या भएको हो । 

अहिले प्रहरीले अदालतबाट म्याद लिएर ज्यान सम्बन्धी कसुर र जवरजस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिइ यो घटनामा थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब...
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

छलफलमा बागमती प्रदेश सरकारका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको मर्मअनुसार एकताबद्ध, पूर्ण प्रतिबद्ध र समर्थनमा रहने सामूहिक संकल्प सांसदहरूले व्यक्त गरेका छन्।

भर्खरै