नेभिगेशन
मुख्य समाचार

विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम ‘फाइनल’मा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा  पुगेको छ । 

आज सम्पन्न  पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पराजित विराटनगरले भने ‘इलिमिनेटर’ खेल्ने मौका पाउनेछ । 

CG

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । जसमा फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन जोडे पनि हार टार्न सकेनन् । सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले दुईरदुई  विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनायो । सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । यस्तै, आसिफ शेख र शेरडोन ज्याकसनले समान २०र२० रन जोडे । यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे ।

यता बलिङतर्फ विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुईरदुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एकरएक विकेट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खगेन्द्र सुनारको अभिव्यक्तिमा रास्वपाको ध्याकर्षण, अभिव्यक्ति र व्यवहारमा संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन

खगेन्द्र सुनारको अभिव्यक्तिमा रास्वपाको ध्याकर्षण, अभिव्यक्ति र व्यवहारमा संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन

महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको...
प्राइभेट जेटमा पोखरा ओर्लिए बेलायती राजनीतिज्ञ, खर्बपति एवम् ख्यातिप्राप्त परोपकारी लर्ड एशक्रफ्ट

प्राइभेट जेटमा पोखरा ओर्लिए बेलायती राजनीतिज्ञ, खर्बपति एवम् ख्यातिप्राप्त परोपकारी लर्ड एशक्रफ्ट

लर्ड एशक्रफ्ट जनमत सर्वेक्षणका क्षेत्रमा पनि प्रभावशाली नाम हो । उनले स्थापना गरेको ‘लर्ड एशक्रफ्ट पोल्स’ मार्फत बेलायतसहित विभिन्न देशका चुनाव, मतदाताको धारणा, राजनीतिक नेतृत्व र नीतिगत विषयमा...
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

राष्ट्रिय सहिद दिवसका अवसरमा शुक्रवार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित ‘जेनजी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज...

भर्खरै