नेभिगेशन
समाज

आज ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । अन्तरराष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएकी छन् ।

Ncell
Extreme Energy

सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र ९युडीएचआर० को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ ।

उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ ।

मङ्गलबार मात्रै मानव अधिकार रक्षकहरुको अन्तरराष्ट्रिय दिवस मनाइएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी, १९६६ मा प्रत्येक व्यक्तिको आफ्नो अधिकारका साथै अरुको अधिकारको लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरिएको छ ।

नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने स्वतन्त्रता र सङ्गठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ । नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ । यसै सन्दर्भमा सो दिवस मनाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

उनले गैर–वैधानिक कदमहरूले काङ्ग्रेसलाई कमजोर बनाउने दुष्प्रयास मात्र गर्ने भएकाले सत्य र नीतिको बाटोमा हिड्नुपर्ने धारणा राखे । आफुहरुले गर्ने महाधिवेशन नै आधिकारीक भएको उनको भनाइ छ ।
पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताए ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन् ।