नेभिगेशन
मुख्य समाचार

निर्वाचनको ८५ दिन बाँकीः आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ ।

आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ ।

CG

आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ ।

नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ ।

मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ ।Screenshot-2025-12-10-at-07.38.35-1765331645.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दल दर्ता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् ।
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ ।  लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । बुधबारको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग बिहीबार खेल्नेछ...
आज ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस

आज ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस

नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । अन्तरराष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना...
आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली

आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली

बुधबार दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा  मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको...