नेभिगेशन
समाज

मुस्ताङका किसान स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त

मुस्ताङ । यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लामा विगतका वर्षभन्दा यस वर्ष स्याउ बगैँचा व्यवस्थापन चाँडो सुरु गरिएको हो । भदौदेखि कात्तिकसम्म स्याउको ‘पोस्टहार्भेस्ट’ (बाली उत्पादन वा कटानीदेखि उपभोक्ताले उपभोग नगरेसम्म गरिने व्यवस्थापनका सम्पूर्ण क्रियाकलाप) सकिएसँगै स्याउका बोटमा पात झरेर उजाड बनिसकेका छन् । यस वर्ष जमिनको तापक्रम नघटेकाले स्याउका पात छिटो सुकेका किसान बताउँछन् ।

Ncell
Extreme Energy

समान्यतया यहाँ स्याउ बगैँचा व्यवस्थापन पुस र माघमा गर्ने गरिए पनि यस वर्ष पातहरू झरिसकेकाले बगैँचा व्यवस्थापनमा किसानको सक्रियता बढेको घरपझोङका किसान दिवश थापाले बताए । हिउँदयामको जाडो मौसममा यहाँका किसानले आफ्नो समयअनुकूल बगैँचाको व्यवस्थापन गर्ने उनले जानकारी दिए ।

किसान थापाले भने, “बगैँचा व्यवस्थापनको पहिलो प्राथमिकतामा स्याउका बोटको उपयुक्त काँटछाँट गर्नुहुन्छ । प्रत्येक बोटका हाँगाबिगामा सूर्यको प्रकाश समान रूपमा पर्नुपर्ने र चारैतिरबाट हावा खेल्नुपर्ने हुन्छ । यसो भएमा सूर्यको प्रकाश र हावाको माध्यमबाट बिरुवालाई चाहिने आवश्यक तत्व प्राप्त हुन्छ ।

बोटमा पलाएका अनावश्यक हाँगाबिगा र पातले स्याउको गुणस्तर र उत्पादनमा ह्रास पुर्‍याउन सक्ने भएकाले उपयुक्त काँटछाँट गर्नु जरुरी हुन्छ”,। जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैँचाका बोटहरू पतझड जस्तै बनेका उनको भनाइ छ ।

हिउँदयामा किसानलाई बगैँचा व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गर्दछ । बोट काँटछाँट गर्नु, मलजल तथा सिँचाइको व्यवस्था गर्नु, रोगकिराको सङ्क्रमणबाट जोगाउन ‘बोरोपेस्ट’ र बोरोमिक्चर’ छर्किनुलगायत काम गर्नुपर्ने किसान थापाले जानकारी दिए । बगैँचाको उचित व्यवस्थापन नगरे अपेक्षा गरेअनुरुपमा गुणस्तरीय उत्पादन नदिने उनको भनाइ छ ।

स्याउखेतीका लागि हिउँदयामको हिउँ अति आवश्यक मानिने किसान थापाले औँल्याए । बगैँचा व्यवस्थापन गर्ने समयमा परेको हिउँले जमिनको उर्वराशक्तिलाई मजबुद बनाउने, जमिनको भित्री तहसम्म सिँचाइ पुग्ने र रोगकिराको सङ्क्रमणलाई न्यूनीकरण गर्न मद्दत पुर्‍याउने थापाले जानकारी दिए ।

पछिल्लो समय अनुकूल मौसममा हिउँ नपर्दा प्राकृतिक सिँचाइको विकल्प खोज्नुपरेको उनको भनाइ छ । मुस्ताङको तल्लो क्षेत्रका तीन पालिकाका किसानले स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु गरेपनि माथिल्लो क्षेत्रमा आगामी पुस १५ गतेदेखि माघ मसान्तसम्म व्यवस्थापन गरिने जिल्लास्थित कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङले जानकारी दिए ।

माथिल्लो मुस्ताङको उच्च उचाइमा तापक्रम घटेकाले बोटबकाट पात पूर्ण रूपमा झर्न समय लाग्ने भएकाले ती क्षेत्रमा बगैँचा व्यवस्थापन ढिलो सुरु हुने उनले बताए । स्याउको हार्भेस्ट भइसकेर बोटहरूबाट पात झरिसकेकाले यो बेला बगैँचा व्यवस्थापन प्रमुख भएको गुरुङले उल्लेख गरे ।

बोटमा पलाएका अनावश्यक हाँगाहरू काँटछाँट गर्ने, रोगकिरा नियन्त्रणका लागि सुक्ष्म खाद्य तत्व तथा बोरोपेस्ट र बोरोमिक्चर उपयुक्त विधि अपनाएर छर्किनुपर्ने उनको भनाइ छ । कार्यालय प्रमुख गुरुङले भने, “यसरी बोटहरूबाट झरेका पाँतलाई एकिकृत गरी मलको रूपमा प्रयोग गर्न सकिन्छ । स्याउको गुणस्तर र उत्पादन वृद्धि गराउन बगैँचा व्यवस्थापनभित्र पर्ने सबै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ”, ।

कार्यालयले स्याउ बगैँचा व्यवस्थापनका लागि स्थानीय तहका कृषि प्राविधिक, सरोकार भएका निकायका कृषि प्राविधिकलगायतलाई लक्षित गरी तीनदिने स्याउ बगैँचा व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक तालिम सञ्चालन गरेको कार्यालय प्रमुख गुरुङले जानकारी दिए ।

उनका अनुसार हिउँदयामको समयमा स्याउका बोटहरू सुषुप्त अवस्था अर्थात् निदाएको अवस्थामा हुने भएकाले यो बेलामा गरिएको व्यवस्थापनले उपयुक्त प्रतिफल दिने छ । अन्य समय गरिएको व्यवस्थापनले स्याउका बोटहरूलाई क्षति पुर्‍याउन सक्ने भएकाले किसानले यसतर्फ ध्यान दिनुपर्ने उनले सुझाव दिए ।

जिल्लामा यस वर्ष स्याउको उत्पादन आशिंक रूपमा ह्रास आएको जनाउँदै कार्यालय प्रमुख गुरुङले उचित मूल्य पाएकाले किसानले स्याउको बिक्रीबाट आम्दानी बढाएका बताए । यस वर्ष मुस्ताङमा स्थानीय स्याउ छ हजार ७८ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार २५० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताए ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन् ।
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...